काठमाडौं । दिदी बहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ । उपाधि भिडन्तमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
बुधबार भएको फाईनल खेलमा एपीएफले न्यु डायमण्डलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २५–१८ ले जितेको एपीएफले दास्रो २६–२४ ले जितेको थियो ।
न्युडायमण्डले तेस्रो सेट २५–२१ ले जित्दै खेलमा पुनरागमन गर्ने संकेत गरेपनि सफल हुन सकेन । चौथो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै एपीएफले उपाधि उचालेको हो ।
उपाधिसंगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझायो ।
तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीमाथी ३–१ को सेटमा जित निकाल्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोश्रो देखि चौथो सेट लगातार २५–१८,३१–२९ र २५–१६ ले जितेको थियो । नेपाल पुलिसले ५० हजार नगद प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले उत्कृष्ट ट्रफिका साथ नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको ब्यक्तिगत बिद्यामा न्युडायमण्डले बर्चश्व जमाएको छ ।
होङगान्जी न्युडायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाईकर,अनिसा सुनुवार उत्कृष्ट सेटर,सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स,कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए । प्रतियोगिताको उत्कृष्ट कोचको उपाधि एपीएफका ज्ञानेन्द्र बिष्टले जिते । बिद्यागततर्फ उत्कृष्ट सबैले जनहि नगद ५ हजार प्राप्त गरेका छन्।
रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेता खेलाडीलाई फलेवास नगर प्रमुख पदम पाणी शर्मा,सेन्चुरी कमसियर बैंकका गण्डकी प्रमुख शेखर राज बस्ताकोटी,आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए ।