काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस
सोमबार, २६ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगको फाइनलमा पुग्न चुकेको छ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टस इन्डोर हलमा सोमबार सम्पन्न सेमिफाइनलमा कजाकिस्तानको तुरान भलिबल क्लबसँग पुलिस ३–० को सोझो सेटमा पराजित भएको हो।
खेलमा सुरुआतदेखि नै दबाबमा परेको पुलिसले पहिलो सेटमा २५–१४ ले गुमाएको थियो। दोस्रो सेटमा पनि पुलिसले उस्तै कमजोर प्रदर्शन गर्यो। २५–१३ ले सेट सुम्पिएसँगै पुलिस खेलमा २–० ले पछि परेको थियो।
अन्तिम सेटमा पनि नेपाल झनै कमजोर देखियो। उक्त सेट २५–११ ले गुमाउँदै पुलिस उपाधिबाट बञ्चित भयो।






-1773230362276.jpg&w=3840&q=75)




-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)


