बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साँच्चिकै घाइते छन् एमबाप्पे ?

बिहिबार, १२ चैत्र २०८२खेलपाटी संवाददाता
साँच्चिकै घाइते छन् एमबाप्पे ?
Loading ad...
mustang rice ad

काठमाडौं। किलियन एमबाप्पेले बुधबार आफू घाइते हुँदा रियल मड्रिडले गलत खुट्टाको जाँच गरेको भन्ने समाचारलाई अस्वीकार गरेका छन्।

फ्रान्सेली प्रसारण संस्था आरएमसी स्पोर्टको फुटबल कार्यक्रम ‘आफ्टर फुट’ ले यस साता स्पेनिस क्लबले डिसेम्बरमा एमबाप्पेको बायाँ घुँडाको सट्टा दायाँ घुँडाको स्क्यान रिपोर्ट गरेको थियो। स्पेनका अन्य मिडियाले पनि यस्तै समाचार प्रकाशित गरेका थिए। यसमा अधिकांशले आरएमसीको रिपोर्टलाई उद्धृत गरेका थिए।

एमबाप्पे जनवरीभर खेलिरहेका थिए। तर, त्यसपछि उनी करिब साढे तीन हप्ता मैदान बाहिर बसे र हालै मात्र पुनः मैदानमा फर्किएका छन्।

ब्राजिलविरुद्धको विश्वकप तयारी खेलअघि आयोजित पत्रकार सम्मेलनमा एमबाप्पेले भने,‘गलत घुँडा जाँच गरिएको भन्ने रिपोर्ट असत्य हो।’

उनले थपे,‘सायद अप्रत्यक्ष रूपमा म पनि यस अवस्थाको जिम्मेवार छु। किनभने जब तपाईं आफ्नो अवस्थाबारे स्पष्ट जानकारी दिनुहुन्न तब अन्य व्याख्याहरूका लागि ढोका खुल्छ।’

क्लबले डिसेम्बरको अन्त्यतिर एमबाप्पेको बायाँ घुँडामा चोट आएको जनाएको थियो। एमबाप्पेले रियलसँग आफ्नो राम्रोसँग कुराकानी भइरहेको पनि बताएका छन्।

फ्रान्सले बिहीबार ब्राजिलसँग खेल्नेछ र आइतबार कोलम्बियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सोमबार पेरिसमा एमबाप्पेले आफ्नो घुँडा अहिले ठिक भएको बताएका थिए।

उनी आफ्नो फर्म फर्काउने क्रममा रियलका पछिल्ला दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा प्रयोग भएका थिए। एमबाप्पेले भने,‘त्यो समयमा धेरै निराशा, रिस र केही समय त चिन्ता पनि थियो। मलाई के भइरहेको छ भन्ने नै थाहा थिएन। त्यो समय मैले राम्रोसँग पार गर्न सकिनँ। म त्यतिबेला खुसी खेलाडी थिइनँ। तर, अहिले म खुसी छु, किनभने त्यो सबै पछाडि छ। अब सबै ठीक भइसकेको छ।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

राखेपको निलम्बनमा पर्यो एन्फा

राखेपको निलम्बनमा पर्यो एन्फा

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो