नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं। नामिबियाले आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ।
अरुण जेटली रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रन बनाएको हो।
टोलीका जान फ्रायलिन्क र जान निकोल लोफ्टी–इटनले उपयोगी योगदान दिए।
फ्रायलिन्कले २६ बलमा ३० रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे। लोफ्टी–इटनले ३८ बलमा ४२ रनको इनिङ्स खेले। उनले २ छक्का प्रहार गरे।
कप्तान गेरहार्ड इरास्मसले आक्रामक ब्याटिङ गर्दै ९ बलमै १८ रन जोडे भने जेजे स्मिटले १५ बलमा २२ रन बनाएर रनरेटलाई तीव्र बनाए।
अन्त्यतिर रुबेन ट्रम्पेलमान र डिलन लिचरले केही महत्त्वपूर्ण रन थपे। योसँगै टोली सम्मानजनक स्कोरसम्म पुर्यो।
बलिङतर्फ विपक्षी टोलीका भान बेक र बास डे लिडे प्रभावशाली देखिए। भान बेकले दुई महत्त्वपूर्ण विकेट लिए भने डि लिडेले मध्यक्रमलाई दबाबमा राखे।












-1770628505169.jpg&w=3840&q=75)