आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह
सोमबार, १९ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई सबै सरोकारवालाको हित सुरक्षित हुने गरी आपसी सहमतिमा समाधान खोज्न आग्रह गरेको छ।
पाकिस्तान सरकारले भारतविरुद्धको टी–२० विश्वकप खेल बहिष्कार गर्ने घोषणा गरेपछि उक्त आग्रह गरेको हो। १५ फेब्रुअरीमा हुने भारत–पाकिस्तान खेल प्रतियोगिताकै सबैभन्दा धेरै व्यावसायिक लाभ दिने समूह चरणको खेल मानिन्छ। पाकिस्तान सरकारको सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भारतसँगको खेल बहिष्कार गर्ने घोषणा गरेको केही घण्टामै आईसीसीले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो।
आईसीसीका अनुसार हालसम्म यस विषयमा पीसीबीबाट कुनै औपचारिक जानकारी प्राप्त भएको छैन।









-1773912955664.png&w=3840&q=75)






-1773889321491.webp&w=3840&q=75)