बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

मेसीको पनि ९००औं गोल

बिहिबार, ०५ चैत्र २०८२खेलपाटी संवाददाता
मेसीको पनि ९००औं गोल
Loading ad...
mustang rice ad

काठमाडौं। लिओनल मेसीले आफ्नो फुटबल करिअरमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले आफ्नो ९००औं गोल पूरा गरेका हुन्।

न्यासभिलविरुद्धको कन्काकाफ च्याम्पियन्स कपको प्रि–क्वार्टरफाइनल खेलमा मेसीले इन्टर मियामीबाट यो उपलब्धि हासिल गरेका हुन्।

बुधबार राति भएको खेलको सातौं मिनेटमै मेसीले बक्सभित्र पास पाएपछि बल नियन्त्रण गरेर घुमे र डिफेन्डरहरूलाई छक्याउँदै बायाँ खुट्टाले हानेको लो शट गोलपोस्टको कुनामा पुर्‍याए। उनको अधिकांश गोलजस्तै यो गोल पनि बायाँ खुट्टाबाट आएको थियो।

पुरुष फुटबलमा ९०० भन्दा बढी गोल गर्ने अर्को खेलाडी क्रिस्टियानो रोनाल्डो मात्र हुन्। तर, रोनाल्डोले यो उपलब्धि हासिल गर्न मेसीभन्दा करिब १०० खेल बढी खेलेका थिए। रोनाल्डोले ३९ वर्षको उमेरमा सन् २०२४ सेप्टेम्बरमा ९०० गोल पूरा गरेका थिए भने मेसी अझै ३९ वर्ष पुग्न बाँकी छ।

मेसीको यो उपलब्धिले फुटबल बाहिरका चर्चित व्यक्तिहरूको ध्यान पनि खिच्यो। बास्केटबलका दिग्गज म्याजिक जोन्सनले सामाजिक सञ्जालमा यसलाई अविश्वसनीय उपलब्धि भनेका छन्।

यद्यपि, यो ऐतिहासिक रात मेसीका लागि पूर्ण रूपमा खुशीको बन्न सकेन। खेल १–१ को बराबरीमा सकियो र न्यासभिल अवे गोलको आधारमा क्वार्टरफाइनलमा प्रवेश गर्‍यो। पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो।

न्यासभिलका प्रशिक्षक बी.जे. क्यालाहानले खेलपछि मेसीको प्रशंसा गर्दै भने,‘९०० गोल, उनलाई बधाई। उनी सबैभन्दा उत्कृष्ट खेलाडी हुन्।’

केहीले ब्राजिलियन महान् खेलाडी पेलेले १००० भन्दा बढी गोल गरेको दाबी गरे पनि आधिकारिक तथ्यांक अनुसार उनको गोल संख्या करिब ८०० आसपास मानिन्छ। विभिन्न स्रोतहरूले फरक–फरक हिसाब गर्दा यो संख्या फरक देखिएको हो।

मेसी आज पनि विश्व फुटबलका सबैभन्दा लोकप्रिय खेलाडी हुन्। उनको नम्बर १० जर्सी इन्टर मियामीमा आएदेखि नै सबैभन्दा धेरै बिक्री हुने जर्सी बनेको छ।

उनको करिअर उपलब्धिमा ८ वटा बालोन डी’ओर, ला लिगाका शीर्ष गोलकर्ताका लागि ८ पिचिची अवार्ड, ३ फिफा बेस्ट मेन्स प्लेअर, ३ यूईएफए मेन्स प्लेयर अफ द इयर र विश्वकपमा २ गोल्डेन बल समावेश छन्।

मेसीले क्लब र देशका लागि ४७ वटा उपाधि जितिसकेका छन्। यसमा सन् २०२२ को विश्वकप पनि समावेश छ। उनी पुरुष फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी मानिन्छन्।

उनले करिअरको आधाभन्दा बढी गोल बार्सिलोनाबाट गरेका हुन्। उनले बार्सिलोनाबाट झण्डै दुई दशक खेले। उनी सन् २०२३ मा इन्टर मियामीमा आबद्ध भएका थिए र हाल उनको सम्झौता सन् २०२८ सम्मका लागि बढाइएको छ।

इन्टर मियामीका प्रशिक्षक जाभियर मास्चेरानोले भनेका छन्,‘साँचो कुरा के हो भने लियोले सबै शंका समाप्त गर्दिएका छन्।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

बार्सिलोनाको प्रतिद्धन्दी अब एट्लेटिको

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

एट्लेटिकोलाई सहज, बार्सिलोनालाई दबाब कायमै

इशान किशन बने हैदराबादका कप्तान

इशान किशन बने हैदराबादका कप्तान

जापानले महिला एसियन कपको फाइनलमा

जापानले महिला एसियन कपको फाइनलमा

झापामाथि आर्मीको एकतर्फी जित

झापामाथि आर्मीको एकतर्फी जित

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक