बिहिबार, ०५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

बिहिबार, ०५ चैत्र २०८२खेलपाटी संवाददाता
 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो स्वीकृतिबिना गरिएको कुनै पनि खेल संघको निर्वाचन मान्य नहुने स्पष्ट पारेको छ।

राखेपले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सम्बोधन गर्दै पठाएको पत्रमा साधारण सभा (अर्डिनरी कांग्रेस) तथा निर्वाचनसम्बन्धी सबै प्रक्रिया आफूहरूको जानकारी र स्वीकृतिबिना अघि बढाइए मान्यता नपाउने चेतावनी दिएको हो।

‘राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ को (ग) अनुसार परिषद्को स्वीकृती नभएको संघको साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनले परिषदाट मान्यता मान्यता नपाउने हुँदा (कुनैपनि मुल कानूनमा रहेको व्यवस्थासँग बाझिएको हदसम्म सहायक कानूनमा रहेको सो सम्बन्धि व्यवस्था स्वतः निश्कृय हुने कानुनी सिद्धान्त अनुरूप) संघको साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरी पत्र प्राप्त मितिले ३ (तीन) दिन भित्र राष्ट्रिय खेलकुद परिषद्लाई लिखित जानकारी गराउन हुन राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को (१) बमोजिम जानकारी गराइन्छ। परिषद्बाट पटक पटक भएको निर्देशन पालना नगरी प्रकृया अगाडी बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र प्रचलित कानुन बमोजिम भइ जाने व्यहोरा समेत निर्णयानुसार जानकारीको लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।

WhatsApp Image 2026-03-19 at 17.45.06 (1) (1)

राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले गत सोमबार एन्फालाई पत्र पठाउँदै परिषद्को स्वीकृतिबिना साधारण सभा (अर्डिनरी कंग्रेस) र निर्वाचनसम्बन्धी सम्पूर्ण काम तत्काल रोक्न निर्देशन दिएका थिए। तर, एन्फाले निर्वाचन प्रक्रिया नरोकेपछि राखेपभित्र असन्तुष्टि बढेको थियो। लगत्तै एन्फाले उक्त पत्र फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)लाई पठाएको थियो।

एन्फा स्रोतका अनुसार फिफा र एएफसीले जवाफ पठाइसकेको छ। तर, राखेप भने टसको मस नभएपछि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको दौडधुप बढेको छ।

राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ (ग) तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (ङ) अनुसार परिषद्को स्वीकृतिबिना कुनै पनि राष्ट्रिय खेलकुद संघले साधारण सभा तथा निर्वाचन गर्न नपाउने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ।

यसअघि पनि राखेपले एन्फालाई प्रचलित कानुनअनुसार साधारण सभा सञ्चालन गर्न ११ बुँदे निर्देशन पठाएको थियो। तर, ती निर्देशनको पालना नगरी एन्फाले निर्वाचन तालिका सार्वजनिक गर्दै प्रक्रिया अघि बढाएको भन्दै एन्फाकै उपाध्यक्ष विराटजंघ शाही र केन्द्रीय सदस्य रुपेश अधिकारीले राखेपमा उजुरी दिएका थिए।

एन्फाले भने माघ २८ गते आगामी चार वर्षे कार्यकालका लागि निर्वाचन गर्ने भन्दै पहिलो तालिका सार्वजनिक गरेको थियो। निर्वाचन आचारसंहिताका कारण उक्त तालिका सरेपछि २२ फागुनमा पुनः नयाँ तालिका जारी गर्दै १३ चैतमा निर्वाचन गर्ने तयारी गरेको छ। निर्वाचन समितिले उजुरी तथा दाबी–विरोधको सुनुवाइपछि उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

राखेपले उक्त प्रक्रियालाई तत्काल स्थगित गर्न र आवश्यक कागजी प्रक्रिया पूरा गरी तीन दिनभित्र जानकारी गराउन निर्देशन दिएको छ। अन्यथा, स्वीकृतिबिना गरिएको निर्वाचनलाई मान्यता नदिने स्पष्ट चेतावनी पनि दिइएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

नेपाली फुटबललाई सही ‘ट्याकमा’ ल्याउने राखेपलाई मौका !

 स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

स्वीकृतिबिना एन्फा निर्वाचन गरिए हामीलाई मान्य हुँदैन : राखेप

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

क्लब छानबिनमा तानिए, राष्ट्रिय लिगका खेल रोकियो

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

चर्च बोइज र मच्छिन्द्रसहित ७ क्लब अध्यागमन विभागको छानबिनमा

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फामा हलचल, सदस्य सचिवलाई भेट्न डेढ घन्टासम्म कुर्छन् अध्यक्ष र महासचिव

एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

मेसीको पनि ९००औं गोल

मेसीको पनि ९००औं गोल