एन्फालाई अध्यागमन विभागले भन्यो– पर्यटक भिषामा आएका खेलाडीलाई नखेलाउनू
बिहिबार, ०५ चैत्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई कुनै पनि खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।
विभागले जारी गरेको पत्रमार्फत पर्यटक भिसा लिएर नेपाल आएका व्यक्तिहरूलाई उनीहरूको भिसाको उद्देश्यअनुसार मात्र गतिविधिमा संलग्न हुन पाउने व्यवस्था रहेको सम्झाउँदै खेलकुदमा सहभागी गराउनु नियमविपरीत हुने स्पष्ट पारेको हो।

विभागका अनुसार विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउनुपर्ने भएमा आवश्यक कार्य अनुमति तथा स्वीकृति लिनुपर्ने हुन्छ। यसअघि केही क्लबहरूले पर्यटक भिसामा आएका खेलाडीलाई खेलाएको जानकारी प्राप्त भएपछि यस्तो निर्देशन जारी गरिएको विभागले जनाएको छ।
अध्यागमन विभागले नियमविपरीत कार्य गरेमा सम्बन्धित क्लब र खेलाडीमाथि कारबाही गरिने चेतावनीसमेत दिएको छ।






-1773912955664.png&w=3840&q=75)



-1773889321491.webp&w=3840&q=75)

