सेमिफाइनलमा शिभाली
बिहिबार, १५ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राइजिङ टेनिस स्टार शिभाली गुरुङ एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छन्।
अस्ट्रेलियन ओपनअन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार न्युजिल्यान्डकी जसलिन केलाई सोझो सेटमा पराजित गरिन्। मेलवर्न पार्क–वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले ६–०, ६–१ को जित हात पारिन्।
यसअघि समूहको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई२–१ ले पराजित गरेकी थिइन्। समूह ‘ए’को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भएकी थिइन्।
यस समूहबाट शिभालीसँगै जेन्सीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेकी छन्।









-1773655510163.jpeg&w=3840&q=75)
-1773650309203.jpeg&w=3840&q=75)




