एजेन्सी । विमानसहित बेपत्ता भएका इन्ग्लिश प्रिमियर लिग क्लब कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला चढेको विमान समुन्द्रमुनि दुर्घटना ग्रस्त अवस्था भेटिएको छ ।
च्यानल आइसल्याण्डमा दुई साताबाट बेपत्ता विमानको अवशेषहरु समुन्द्रमुनि भेटिएको बीबीसीले जनाएको छ । यस्तै विमान भित्र मानव शरीर समेत भेटिएको बताईएको छ । विमानभित्र रहेको मानव शरीर कसको हो भन्ने बारे भने पत्ता नलागेको बताईएको छ ।

बीबीसीका अनुसार विमान समुन्द्रको ६७ मिटर मुनि भेटिएको छ । उक्त विमान निकाल्न समय लाग्ने समेत बताईएको छ ।
फ्रेन्च क्लब नान्टेसबाट कार्डिफमा अनुबन्धित भएर त्यसतर्फ जाँदै गर्दा साला चढेको विमान च्यानल आइसल्याण्ड पुगेपछि सम्पर्कबिहिन बनेको थियो ।
विमानमा सालासहित पाइलट डेभिड इबोटसन र अर्का एक व्यक्ति रहेको बताईएको छ ।