काठमाडौं। उरुग्वे, कोलम्बिया र पराग्वेले अन्तिम–अघिल्लो चरणमै विश्वकप २०२६ मा आफ्नो स्थान सुरक्षित गरेका छन्।
दक्षिण अमेरिकी छनोटअन्तर्गत बिहीबारको खेलमा उरुग्वे र कोलम्बियाले ३–० को जित निकाले भने पराग्वेले गोलरहित बराबरी खेल्दै विश्वकपमा प्रवेश सुनिश्चित गरेको हो। यसअघि नै अर्जेन्टिना, ब्राजिल र इक्वेडरले पनि आफ्नो टिकट पक्का गरिसकेका छन्।
पछिल्ला दुई खेलमा जित आवश्यक परे पनि उरुग्वेसँग पराजित भएपछि पेरु विश्वकपको दौडबाट बाहिरिएको छ।
कोलम्बियाका लागि ३१औं मिनेटमा जेम्स रोड्रिगेजले पहिलो गोल गरे। दोस्रो हाफमा जोन कोर्डोबा र जुआन फर्नान्डो क्विन्टेरोले गोल थप्दै बोलिभियाविरुद्ध सहज जित दिलाए।
साबिक विजेता अर्जेन्टिनाले भने भेनेजुएलामाथि ३–० को जित निकाल्यो। लिओनल मेसीले दुई गोल गरेका थिए। अर्जेन्टिना अझै पनि दक्षिण अमेरिकी तालिकाको शीर्ष स्थानमा स्पष्ट अन्तरसहित अगाडि छ।