नेपाली टोली रातभर विमानस्थलमै सुते
बिहिबार, भदौ २६, २०८२Admin User

काठमाडौं। एएफसी यु–२३ एसियन कप खेल्न ताजकिस्तान पुगेको नेपाली टोलीले विमानस्थलमै रात काटेका छन्।
सेप्टेम्बर ३ देखि ९ सम्म भएको प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली दुशान्बे पुगेको थियो। अन्तिम खेल फिलिपिन्ससँग खेलेसँगै टोली बुधबार स्वदेश फर्किने तयारीमा थियो।
तर, उडान हुन नसकेपछि टोली विमानस्थलमै अलपत्र परेको हो। पूरा रात विमानस्थलमै बिताएपछि टोलीलाई बिहान मात्रै होटलमा लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। बुधबार राति सबै होटल भरिएको कारण टोलीलाई विमानस्थलमै राखिएको एन्फाले स्वीकार गरेको छ।
अहिले टोली एफसी इस्तिक्लोलको प्रशिक्षण मैदान नजिकैको होटलमा लगेर राखिएको एन्फाले बताएको छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)