एजेन्सी । इन्ग्लिश प्रिमियर फुटबलमा शीर्ष स्थानको लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल वेष्ट ह्याम युनाइटेडसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
वेष्ट ह्यामको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा लिभरपुलले अंक बाड्न बाध्य बनेको हो । खेलको २२ औं मिनेटमा सडियो मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको २८ औं मिनेटमा मिचेल एन्टोनियोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । र, खेल बराबरीमा सकियो ।

यो बराबरीसंगै लिभरपुलको उपाधि होडमा धक्का लागेको छ । लिभरपुलले शीर्ष स्थानको अग्रता ५ अंकको बनाउने मौका समेत छ । लिभरपुलको बराबरीले सिटीलाई भने फाइदा पुगेको छ ।

वेष्ट ह्यामसंग अंक बाडेपछि लिभरपुलले २५ खेलबाट ६२ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ३ अंकले अघि छ । सिटीको ५९ अंक छ । ३२ अंक जोडेको वेष्ट ह्याम १२ औं स्थानमा छ ।