बंगलादेशले हामीसँगै खेल्छ : एन्फा

काठमाडौं। बंगलादेशले आफूसँगै मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले दाबी गरेको छ।
प्रवक्ता सुरेश शाहले अहिलेसम्म बंगलादेशले कुनै पत्र नपठाएको हुँदा फिफा अन्तर्राष्ट्रिय विन्डोका लागि यसअघि नै तय भएको २ खेल हुनेमा आफंनो सचिवाल ढुक्क रहेको बताएका हुन्। उनले भने, ‘अहिलेसम्म पत्र पाइसकेको छैनौं। त्यसले मैत्रीपूर्ण खेलका बारेमा आएका जतिपनि कुरा भ्रमक नै हौं भन्ने ठानेका छौं। यसबारे प्रेस रिलिज निकाल्ने तयारी गरेका छौं। ।’
एन्फाले गत असार २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो। तर, त्यसपछि भियतनामले चासो देखाउँदा बंगलादेशको त्यो समीकरण बदलिदिएको थियो।
गत शनिबार बसकेको बंगलादेशको राष्ट्रिय टोलीको बैठकले नेपालसँग खेल्नुका साथै अझ बलियो टोलीसँग पनि खेल्ने विकल्प राखेको थियो। बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसारले त्यतिखेरै अर्को एक बलियो टोली बंगलादेशसँग खेल्न मानिसकेको बताएका थिए।
सम्बन्धित समाचार
त्यो थियो भियतनाम। यो टोली फिफा वरीयतामा ११३औं स्थानमा छ। नेपाल १७६ र बंगलादेश १८४औं स्थानमा छ। त्यही बेला बिएफएफका अध्यक्ष ताबिथ अवल नेपाल आएर फर्किएका थिए। दुई दिनको भ्रमण गरेका उनले एन्फाका केही पदाधिकारीलाई समेत भेटेका थिए। तर, उक्त कुरा एन्फाले कतै सार्वजनिक नै गरेन।
सम्बन्धित समाचार
भेटमा नेपाल खेलविहीन नहोस् भनेर कम्बोडियासँग पनि वार्ता गर्ने निष्कर्षमा पुगेको बंगलादेश राष्ट्रिय फुटबल टोलीका म्यानेजर अमेर खानले बिहीबार बिहान बताएका थिए। उनले अन्य राष्ट्रको तालिका पनि हेर्नुपर्ने भएको कारण नेपालसँगको विकल्प यथावत राखेको बताएका थिए।
उनले भनेका थिए,‘हामीसँग अरु टोलीको प्रस्ताव पनि छन्। तर, मुख्य कुरा समय मिलाउने र तिनीहरूको खेल तालिका हेर्ने हो। कुन हाम्रो लागि उपयुक्त हुन्छ त्यो हेर्छौं। हेरौं सबैलाई अनुकूल हुने अवस्थामा पुग्न सक्छौं कि। यदि म म्याच डे योजना राम्रोसँग व्यवस्थापन गर्न सक्दिनँ भने दोष हामीमाथि नै आउँछ।’
यसअघि नै बीएफएफले २ मैत्रीपूर्ण खेल एन्फाले घोषणा गरिसकेको कारण एकहोरो रद्द नगर्ने निर्णय गरेको थियो।
सम्बन्धित समाचार
बरु एकपल्ट एन्फासँग सहमति गर्ने बैठकले निर्णय गरेको थियो। एन्फा प्रवक्ता शाह भन्छन्, ‘अहिलेसम्म हामी ढुक्क छौं। निर्धारित समयमै खेल हुन्छ।’








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)