बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने

शनिबार, असार २८, २०८२खेलपाटी संवाददाता
बंगलादेशले नेपालसँग मैत्रीपूर्ण फुटबल नखेल्ने
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशले नेपालसँग हुने भनिएको २ मैत्रीपूर्ण खेल रद्द गर्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी सेप्टेम्बर ६ र ९ मा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने जानकारी दिएको थियो। उक्त खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको थियो।

तर, बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को शनिबार बसेको बैठकले दक्षिण एसिया बाहिरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो। 

बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार तीन चार दिनमा मैत्रीपूर्ण खेल खेल्ने टोलीको घोषणा हुनेछ।

उनले बैठकपछि भने, ‘नेपालसँग खेल्नुका साथै यदि हामी अझ बलियो टोलीसँग पनि खेल्न सक्यौं भने त्यो राम्रो हुन्छ। अर्को एक बलियो टोली हामीसँग खेल्न मानिसकेको छ।’

यद्यपि, एकपटक बीएफएफले एन्फासँग सम्पर्क गर्नेछ। यदि एन्फा मानेको खण्डमा बंगलादेश अर्को टोलीसँग खेल्न जानेछ। बंगलादेशलाई भियतनाम र कम्बोडियाले मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरिरहेको छ।

प्रिमियर लिग खेल्ने हम्जा चौधरी भित्र्याएसँगै बंगलादेश फुटबल टोलीको हाइप बढेको छ। त्यसैले बंगलादेशले पहिलादेखि नै नेपालभन्दा वरीयतामा माथि रहेका टोलीसँग मैत्रीपूर्ण खेल खेल्न चाहन्थ्यो। बंगलादेशले ७ युरोपेली राष्ट्रसँग प्रस्ताव राखेको थियो।

तर, समय तालिकाको कारण लुथिनियाबाहेक सबै राष्ट्रले बंगलादेशको प्रस्ताव अस्वीकार गरेको थियो। बंगलादेशसँग अफगानिस्तान, यमन र चाइनिज ताइपेईसँग खेल्ने सम्भावित विकल्प थिए।

यीबाहेक श्रीलंकाले आयोजना गर्ने भनेको चारदेशिय फुटबल प्रतियोगिता खेल्नेबारे पनि बंगलादेशले योजना बनाएको थियो। तर, नेपालले श्रीलंकाको प्रस्ताव अस्वीकार गरेको थियो। लगत्तै नेपालले बंगलादेशलाई २ मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो।

एन्फाले गत २३ असारमा मात्रै यो कुराको जानकारी दिएको थियो। यी दुईबीचको खेल फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने भनिएको थियो। यी खेललाई एएफसी एसियन कप छनोट तयारीस्वरुप लिइएको थियो।

योसँगै नेपालको तयारी अन्योलमा परेको छ। एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा मलेसिया, लाओस र भियतनामसँग छ। समूह चरणमा नेपालले हालसम्म दुई खेल खेलेको छ। तर, दुवैमा हार बेहोरेको छ र अंक तालिकामा पुछारमा छ।

नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

Bajaj Pulsar Motorcycle Ad
हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

 महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोली घोषणा

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल