नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !

काठमाडौं। सेप्टेम्बरमा अन्तर्राष्ट्रिय फुटबल विन्डोका लागि प्रतिद्वन्द्वी को हुने भन्नेमा बंगलादेश अझै निर्णयमा पुग्न सकेको छैन।
तर, बंगलादेशले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा अक्टोबर ९ र १४ मा खेल्न लागेको हङकङ भने पूर्वी एसियाली फुटबल च्याम्पियनसिपमा सशक्त प्रदर्शन गर्दैछ। हङकङको प्रदर्शनले स्पष्ट संकेत दिएको छ– अक्टोबरमा चीनजस्तो विश्वकप खेल्ने टोलीको सामना गरेर बंगलादेशविरुद्ध खेल्न तयार छौं।
तर, दक्षिण एसियामा फर्कदा बंगलादेशको तयारी भने मिश्रित देखिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत असार २३ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो। तर, त्यसपछि भियतनामले चासो देखाउँदा बंगलादेशको त्यो समीकरण बदलिदियो।
गत शनिबार बसकेको बंगलादेशको राष्ट्रिय टोलीको बैठकले नेपालसँग खेल्नुका साथै अझ बलियो टोलीसँग पनि खेल्ने विकल्प राखेको थियो। बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ) मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसारले त्यतिखेरै अर्को एक बलियो टोली बंगलादेशसँग खेल्न मानिसकेको बताएका थिए।
त्यो थियो भियतनाम। यो टोली फिफा वरीयतामा ११३औं स्थानमा छ। नेपाल १७६ र बंगलादेश १८४औं स्थानमा छ। अहिले बीएफएफको भियतनामतर्फ लोभिसकेको छ।
त्यही बेला बिएफएफका अध्यक्ष ताबिथ अवल नेपाल आएर फर्किएका थिए। दुई दिनको भ्रमण गरेका उनले एन्फाका केही पदाधिकारीलाई समेत भेटेका थिए। तर, उक्त कुरा एन्फाले कतै सार्वजनिक नै गरेन।
भेटमा नेपाल खेलविहीन नहोस् भनेर कम्बोडियासँग पनि वार्ता गर्ने निष्कर्षमा पुगेको बंगलादेश राष्ट्रिय फुटबल टोलीका म्यानेजर अमेर खान बताउँछन्। यसअघि नै बीएफएफले २ मैत्रीपूर्ण खेल एन्फाले घोषणा गरिसकेको कारण एकहोरो रद्द नगर्ने निर्णय गरेको थियो।
बरु एकपल्ट एन्फासँग सहमति गर्ने बैठकले निर्णय गरेको थियो। यद्यपि, नयाँ बनेको समीकरण अझै जटिल र अन्योलपूर्ण हुने देखिन्छ। नेपालको लक्ष्य २०२३ पछि पहिलोपल्ट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउने लक्ष्य छ।
एएफसीले दशरथ रंगशालालाई सुरक्षा र पूर्वाधारमा कमजोरी रहेको ठहर गरेपछि दशरथ रंगशालामा पुरुष खेलाडीले कुनै अन्तर्राष्ट्रिय खेल खेल्न पाएका छैनन्। त्यसैले त्यो माहौल फर्काउने लक्ष्यमा एन्फा छ। एन्फा प्रवक्ता सुरेश शाह भन्छन्, ‘हाम्रो लक्ष्य जसरी पनि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल फर्काउने नै हो। बाँकी कुरा के हुन्छ समयले देखाउला।’
कम्बोडिया नआए नेपालको यो लक्ष्य पूरा नहुने देखिन्छ। त्यसैले नेपाल, बंगलादेश र कम्बोडियाबीचको खेल हुने सम्भावना कम नै देखिन्छ। अन्त्यमा नेपाल नै बंगलादेशको प्रतिद्वन्द्वी बन्ने सम्भावना बाँकी रहेको खान बताउँछन्।
उनी भन्छन्,‘हामीसँग अरु टोलीको प्रस्ताव पनि छन्। तर मुख्य कुरा समय मिलाउने र तिनीहरूको खेल तालिका हेर्ने हो। कुन हाम्रो लागि उपयुक्त हुन्छ? हामी केही दिनदेखि योमाथि काम गरिरहेका छौं। हेरौं सबैलाई अनुकूल हुने अवस्थामा पुग्न सक्छौं कि। यदि म म्याच डे योजना राम्रोसँग व्यवस्थापन गर्न सक्दिनँ भने दोष हामीमाथि नै आउँछ।’
योजनालाई झन जटिल बनाउने कुरा के छ भने अधिकांश बंगलादेशी खेलाडी अहिले सिजनको बीचमा राष्ट्रिय टोलीसँग छैनन्। त्यसैले राष्ट्रिय टोलीको प्रशिक्षक टिम अबाहानी र बसुन्धरा किङ्सका टोलीका खेलाडीलाई नजिकबाट नियाली रहेका छन्।
यसका साथै बंगलादेशको ध्यान एएफसी यू–२३ एसियन कप छनोट खेल्ने यू–२३ टोलीतर्फ छ। त्यो टोलीमा फहीम डेल र क्युबा मिचेलको आगमन हुनेछ।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
