चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट
बिहिबार, कार्तिक २८, २०८२खेलपाटी संवाददाता
-1763024272658.jpeg&w=3840&q=75)
काठमाडौं। चित्लाङ एफसी एन्फा राष्ट्रिय लिगमा छनोट भएको छ।
मकवानपुरको हेटौंडास्थित गौरिटार रंगशालामा बिहीबार सम्पन्न समूह ‘ए’को खेलमा जनजागृति युवा क्बललाई २–० ले पराजित गर्दै चित्लाङ राष्ट्रिय लिगमा छनोट हुने दोस्रो टोली बनेको हो। यसअघि लालीगुराँस एसोसिएसन छनोट भइसकेको छ।
चित्लाङको जितमा विज्ञान खड्का र मदन स्याङ्तानले गोल गरे। १३औं मिनेटमा विज्ञानको गोलमार्फत चित्लाङले सुरुआती अग्रता लिएको थियो। ७०औं मिनेटमा मदनले अर्को गोल थपे।
जितसँगै चित्लाङ यही पुस ९ बाट हुने भनिएको राष्ट्रिय लिगका लागि छनोट भएको छ। जारी प्रतियोगितामा ४ खेलबाट ७ अंक जोड्दै चित्लाङ दोस्रो स्थानमा उक्लिएको छ। ७ अंक नै रहेको लालीगुराँस शीर्ष स्थानमा यथावत छ।
समान खेलबाट १ अंक रहेको जन जागृति पुछारमा छ। समान खेलबाट ६ अंकसहित विजय स्पोर्ट्स क्लब तेस्रो स्थानमा झरेको छ।






-1762997834781.jpeg&w=3840&q=75)







