जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल
बिहिबार, कार्तिक २८, २०८२खेलपाटी संवाददाता
-1762997834781.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाली मिडफिल्डर फुटबलर प्रीति राईले जोर्डन महिला प्रो लिगमा पहिलो गोल गरेकी छन्।
बुधबार भएको खेलमा इत्तिहाद क्लबले फ्युचर नाशामालाई ७–० ले पराजित गरेको हो।
योसँगै शीर्ष स्थानमा रहेको इत्तिहादले ५ खेलबट १३ अंक पुर्याएको छ। नाशाम भने समान खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा छ।
इत्तिहादका जन्ना मतूकले ३, मज स्वेइलेमले १९औं, तूका गाजीले ५७औं, इनास अल जमाइनलले ६५ र ७४औं र नूर अहमद ९०औं मिनेटमा गोल गरेका थिए।
प्रीतिले ७४औं मिनेटमा टोलीको छैटौं गोल गरिन्। यो आफ्नो जोर्डन करिअरको पहिलो गोल हो।












