• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फिनिसिङमा चिन्तित रेनुका
सन्ध्या ढुंगाना
४ घण्टा अगाडि सन्ध्या ढुंगाना
फिनिसिङमा चिन्तित रेनुका

काठमाडौं। एएफसी एसियन कप अस्ट्रेलिया छनोट २०२६ मा सुखद् सुरुआत गरेपछि मिडफिल्डर रेनुका नगरकोटेका आँखामा थकान कम, तर सन्तोष ज्यादा देखिन्छ।

मैदानमा लाओसमाथि ९–० को सानदार जित पछि उनी शब्दहरूमा संयमित छिन्। जितको खुसी त उनीमा छ नै। तर, उनको नजर अझै ‘फिनिसिङ’मा अल्झिएको छ।

आइतबार साँझको त्यो एकतर्फी खेलपछि उनी भन्छिन्,‘गेम हेर्दा राम्रो भयो। प्रशिक्षकले अट्याकिङ फुटबल खेल्नु भन्नुभएको थियो। त्यसरी नै खेल्यौं। तर, फिनिसिङमा ल्याक भइरहेको छ।’

रेनुकाको स्वर शालीन छ। आत्मविश्वासी पनि उनी देखिन्छिन्। तर, मैदानमा ९ गोल हुँदा पनि उनलाई केही न केही छुट्यो भन्ने लागेको छ। किनभने टिमको लक्ष्य मात्र एक खेल जित्ने होइन, चौथोपल्ट एएफसी महिला एसियन कपमा पुग्ने हो।

कप्तान सावित्रा भण्डारी ‘साम्बा’नायक बन्दा नेपालल लाओसलाई हराउन धेरै संघर्ष गर्नुपरेन। यही खेलमा पहिलोपल्ट कप्तानी ‘आर्मब्याड’ लगाएकी उनी एक्लैले चार गोल गरिन्।

नयाँ प्रशिक्षक प्याट्रिक डे विल्डेको आक्रमणकारी रणनीतिले टोलीमा ऊर्जा भरेको देखिन्थ्यो। तर, रेनुकाको नजर अझै टोलीका नयाँ अनुहारमाथि छ, जसले पहिलोपल्ट यति ठूलो प्रतियोगितामा सुरुआती ११ को दबाब अनुभव गर्दै थिए।

उनी भन्छिन्,‘नयाँ खेलाडी पनि खेलिरहनु भएको छ। त्यसले भएर होला पनि अझै राम्रो हुन सकेन। अर्को खेलमा झनै राम्रो हुन्छ।’ उनी अनुभवी खेलाडी हुन्। टोलीमा अनुभवले महत्त्वपूर्ण भूमिका खेल्छ।

अझ उनी त नेपाली टोलीको कप्तानी सम्हालिसकेकी खेलाडी पनि हुन्। तर, फिफा वरीयतामा आफूभन्दा ७ स्थान तल रहेको लाओसविरुद्ध मुख्य प्रशिक्षक प्याट्रिकले पहिलो सेट खेलाउन आवश्यक नै ठानेनन्।

उनले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बालाई आराम दिए। कम अनुभवी गोलकिपर मानिने अञ्जना रानामगरलाई सुरुआती ११ मै उतारे।

डिफेन्डर पूजा राना र मिडिफिल्डर प्रीति राईलाई पनि सुरुआती ११ मा स्थान दिएनन्। त्यसले गर्दा नेपाललाई पहिलो हाफमा केही पाएको अवसरमा गोल निकाल्न सकेन। खेलको ४५ मिनेटसम्म नेपालको स्कोरकार्डमा २ गोल मात्रै थियो। बाँकी ७ गोल भने दोस्रो हाफमा थपेको हो। 

नेपालले २३ पटक लाओसको पोस्टमा प्रहार गरेको थियो। त्यसको १५ प्रहार मात्रै लक्ष्यमा लाग्न सक्यो। तर, प्रहार अनुसार गोल भने हुन सकेन। स्ट्राइकर रेखा पौडेल र विंगर सविता रानामगरले आफ्नो क्षमताअनुसार प्रदर्शन देखाउन सकिनन्। रश्मीकुमारी घिसिङले १ गोल गर्दै आफ्नो गल्तीमा केही ढाकछोप गरिन्। 

मिडफिल्डर सरु लिम्बूले आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै अविस्मरणीय बनाइन्। विंगर अनिता बस्नेत र वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी अनिता केसीले पनि समान १ गोल थपिन्। तर, फिनिसिङको भार भने साम्बा एक्लैलाई पर्‍यो।

तर, फिनिसिङमा यति धेरै सकस हुँदा पनि रेनुका एकअर्कालाई सहयोग गरेर खेलिरहेको बताउँछिन्। उनी भन्छिन्, ‘हामी एकअर्कालाई सपोर्ट गरेर र मोटिभेट गरेर खेल्छौं। हाम्रो अर्को खेल श्रीलंकासँग छ। त्यो खेल जित्छौं।’ 

अब नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताकै कमजोर मानियो यो टोलीलाई आइतबार नै घरेलु टोली उज्बेकिस्तानले १०–० ले पाखा लगाइसकेको छ। बुधबार नै उज्बेकिस्तानले लाओसलाई स्वागत गर्नेछ। यही खेलले अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्ने छ। 

उज्बेकिस्तान र नेपालबीच हुने समूह चरणको अन्तिम खेलले भने अस्ट्रेलिया जाने टोलीको छिनोफानो गर्नेछ। सामान्यत: दक्षिण एसियाली महिला फुटबलको कुरा गर्दा उज्बेकिस्तान बलियो टोली हो। वरीयतामा नेपालभन्दा ५१ स्थान माथि रहेको उज्बेकिस्तानलाई अस्ट्रेलिया पुग्ने दाबेदार टोली मानिन्छ। 

तर, रेनुका आफ्नो लक्ष्यमा अडिग छिन्। भन्छिन्,‘सबैले उज्बेकिस्तानलाई जित्नुपर्छ भन्छन् तर लाओस र श्रीलंकालाई पनि हराउनुपर्छ। हामी एसियन कपमा पुग्ने लक्ष्य लिएर आएका हौं। त्यो लक्ष्य पूरा गरेर फर्किन्छौं।’

उनको यो कथन सिधा र रणनीतिक रूपमा गहिरो पनि छ। फोकस सधैं अगाडिको चुनौतीमा हुनुपर्छ। फुटबलमा एक–एक जित नै ठूलो लक्ष्यमा पुग्ने खुड्किलो हो। यो खुड्किलो पार गर्न नेपाली टोली सक्षम रहेको उनी देख्छिन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
केन्द्रमा मेसी
केन्द्रमा मेसी
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
बायर्नको भेट फेरि पिएसजीसँग
बायर्नको भेट फेरि पिएसजीसँग
अन्तिम १६ बाटै बाहिरियो मियामी
अन्तिम १६ बाटै बाहिरियो मियामी
नेपाली टोलीको आशाजनक सुरुआत
नेपाली टोलीको आशाजनक सुरुआत
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
रोनाल्डोको ध्यान छैटौं पटक विश्वकप खेल्नेतिर
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
आशिष र वर्षा बागमती अटो–जिमखाना च्याम्पियन
केन्द्रमा मेसी
केन्द्रमा मेसी
फिनिसिङमा चिन्तित रेनुका
फिनिसिङमा चिन्तित रेनुका
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
श्रीलंकाको पोस्टमा उज्बेकिस्तानको १० गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP