• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बंगलादेशलाई हराउन सक्छौं ?
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
बंगलादेशलाई हराउन सक्छौं ?

इटानगर (भारत)।  नेपालले साफ यु–१९ च्याम्पियनसिपको उपाधि उचाल्न नपाएको पनि ठ्याक्कै एक दशक पुगिसकेको छ। खासमा यो उमेर समूहमा प्रतियोगिता नै नभएर होइन। हो त सेमिफाइनलबाट नेपाल माथि उक्लिन नसकेर। 

यो उमेर समूहमा मात्रै तीनपल्ट प्रतियोगिता आयोजना भएका छन्। ती दुवै प्रतियोगिता नेपालमा आयोजना भएका हुन्। यसपल्ट भने भारतको अरुणञ्चल प्रदेशमा हुँदैछ। नेपाल सधैंजस्तो एकपल्ट पुन: सेमिफाइनलमा पुग्न सफल भएको छ। 

अब नेपाल १० वर्षपछि फाइनलमा स्थान बनाउन बंगलादेशसँग खेल्दैछ। तर, हालको खस्किँदो लयले नेपाल फेरि इतिहास लेखाउन सक्षम होला त? मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ ठकुवा नै गर्दै भन्छन्,‘हाम्रो खेल नराम्रो छैन। त्यसैले हामी सक्छौं।’

नेपालले पहिलो खेलमा प्रतियोगिताकै कमजोर टोली श्रीलंकालाई ५–० ले पराजित गर्दै एक खेलअगाबै अन्तिम चारमा स्थान बनाएको थियो। तर, श्रीलंकाले यो उमेर समूहमा सहभागिता जनाएको नै पहिलोपल्ट हो। 

पहिलो सहभागिताको पहिलो खेलमै भारतसँग बेहोरेको ८–० को फराकिलो हारबाट श्रीलंका उठ्नै सकेन। लगातार दोस्रो फराकिलो हारपछि श्रीलंका बाहिरिएको हो। तर, जसरी नेपालले श्रीलंकासँग खेल्यो त्यसरी भारतसँग खेल्नै सकेन र ४–० को कीर्तिमानी हार बेहोर्‍यो।

पहिलो संस्करणमा भारतले नेपाललाई रोकेको थियो। अर्को संस्करणमा भने भारतलाई नेपालले रोक्यो। भन्नुको अर्थ दुवै संस्करणको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसमा पहिलो संस्करणमा नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ५–४ ले पराजित गर्दै उपाधि उचालेको थियो।

दोस्रोपल्ट भेट्दा भने भारतले उसै गरी पेनाल्टी सुटआउटमा नेपाललाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनायो र पाकिस्तानलाई ३–० ले पाखा लगाउँदै उपाधि नै उचाल्यो।

यति समृद्ध इतिहास बोकेको नेपाल तेस्रो भेटमा भने चल्नै सकेन र इतिहासमै लज्जास्पद हार बेहोर्न बाध्य भयो। यो हारको मुख्य कारण भने उर्जन केही खेलाडीको अनुपस्थितिलाई कोट्याउँदै पन्छिने प्रयास गर्छन्। 

‘भारतसँगको खेल भन्दा पनि बंगलदेशको खेल महत्त्वपूर्ण थियो। त्यसैले पहेंलो कार्ड खाएको सरोज दर्लामीलाई विश्राम दिएको थिएँ। सुजन डंगोललगायत केही खेलाडीलाई पछि विश्राम दिइएको थियो। त्यसैले पनि स्कोर निस्किन सकेन,’ उनको दाबी छ। 

भारतले निरन्तर आक्रामक बुनिरहँदा नेपालले डरलाग्दो एक ‘मुभ’ पनि बुन्न सकेन। यो खेलबाट नेपालको ‘डिफेन्स लाइन’ एकदमै कमजोर रहेको स्पष्ट हुन्छ। अझ नेपालको डिफेन्सको साइड अझै हलुका रहेको विपक्षीले सहजै थाहा पाउन सक्छन्। त्यसैले बंगलादेशजस्तो टोलीविरुद्ध यो ‘लाइन’मा सुधार होला त?

प्रशिक्षक उर्जन भन्छन्,‘डिफेन्समा ल्याक भएको हो। साइड ब्याकबाट सानो सानो गल्ती गरेर खेल गुमायौं। बंगलादेश पनि माल्दिभ्ससँग रोकिएको हो। भुटानलाई हराएर मात्रै आएको हो। सुधार गरेर खेल्छौं।’ 

बंगलादेशले पहिलो खेलमा माल्दिभ्सविरुद्ध २–० को अग्रता लिए पनि जोगाउन सकेको थिएन। भुटानविरुद्धको अर्को खेलमा भने ३–० को फराकिलो जित निकाल्दै बंगलादेशले दोस्रोपल्ट सेमिफाइनलमा स्थान बनाएको हो।

नेपाल र बंगलादेश यो उमेर समूहमा नौलो प्रतिस्पर्धी हुँदै होइनन्। सन् २०१५ को पहिलो संस्करणको समूह चरणमै यी दुई टोली भेट भएका थिए। उक्त खेलमा अञ्जन विष्टले पेनाल्टीमार्फत एक गोल गरे भने टुटुल बादशाहले गरेको आत्मघाती गोलमार्फत नेपालले २–१ को जित निकालेको थियो। 

त्यसपछि यी दुई टोली भिडेका छैनन्। हुन त उमेर समूह स्थिर हुँदैन। पहिलो संस्करणमा गोल गर्ने अञ्जन सिनियर टोलीमा छन्। बंगलादेशको फुटबल स्तर पनि बढिसकेको छ। त्यसैले यो खेललाई कम नआँकेको प्रशिक्षक उर्जन बताउँछन्। 

‘हरेक टिम अनुसार आफ्नो रणनीति हुन्छ। बंगलादेशसँग खेल्न पनि छुट्टै योजना छ। यो सेमिफाइनल हो। त्यसैले यही सोचेर खेल्छौं,’ उनी भन्छन्। यो कुराको निक्यौल गर्न भने खेलको नतिजा कुर्नैपर्ला !

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यमलको सिजन !
यमलको सिजन !
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP