बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो

शनिबार, २३ चैत्र २०८१खेलपाटी संवाददाता
त्रिशुली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलो
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल आर्मीकाद्वय होमलाल श्रेष्ठ र सुनसरी रोकाया ५५ किलोमिटर दूरीको त्रिशुली अल्ट्रा रेसमा शनिबार पहिलो भएका छन् । पुरुषमा होमलाल र महिलामा सुनसरी पहिलो भएका हुन् ।

नेपाल एडभेन्चर रनिङ महासंघद्वारा आयोजित अल्ट्रा रेसमा होमलालले निर्धारित दूरी ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ घण्टा ३५ मिनेट ५७ सेकेन्ड समयमा दोश्रो तथा सोलुखुम्बुका अर्जुन कुलुङ राई ४ घण्टा ४१ मिनेट ४० सेकेन्ड समयमा तेश्रो भए ।

आर्मीका तिलकबहादुर सुनवार चौथो, रुकुमका शक्तिराम रोक्का पाँचौं, त्रिशुलीका राजेश उपरकोटी छैटौं, एपीएफका राजेन्द्र तामाङ सातौं, आर्मीका जुनेश खड्का आठौं, नविल बैंकका शेर थारु नवौं र रुकुमका दुर्गाराज बुढा दसौं भए ।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोगमा भएको प्रतियोगिताको महिलामा सुनसरीले निर्धारित दूरी गर्न ५ घण्टा ५१ मिनेट समय खर्चिन् ।

६ घण्टा १३ मिनेट २४ सेकेन्ड समय लगाएकी खोटाङकी निर्मला राई दोश्रो भइन् । तेश्रो स्थानकी नेपाल प्रहरीकी लाक्पा निमा शेर्पाले ७ घण्टा १४ मिनेट २० सेकेन्डमा दौड सकाइन् ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारे । चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंदेखि दसौं स्थानमा आउनेले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।

विजेतालाई बागमती प्रदेशका मुख्य मन्त्री बहादुरसिंह लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कार्यकारी समितिका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्रबहादुर कुँवर, राखेपका सदस्य जनकसिंह धामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको मुख्य मन्त्री लामाले नै उद्घाटन गरेका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले अल्ट्रा रेसले कुनैपनि क्षेत्रको पर्यटकीय स्थलको प्रवद्र्धन र पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त आगामी दिनमा पनि प्रतियोगितालाई बागमती प्रदेश सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष कुँवरले अल्ट्रा रेस आयोजनामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै महासंघले खप्तडमा बृहत अल्ट्रा रेस आयोजनाका लागि तयारी अगाडि बढाइरहेको बताए । उनले त्रिशुली अल्ट्रा रेसलाई आगामी दिनमा पनि निरन्तरता दिदै अझ बृहत स्वरुपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दौड नुवाकोटको बेलकोटगढीबाट सुरु भइ मलाकोट, शेराकोट, नुवाकोट दरबार, सूर्यगढी, बेत्रावती हुँदै नुवाकोटकै देवीघाट मन्दिरमा आएर टुंगिएको थियो । दौडमा ३ विदेशी खेलाडीसहित १ सय २५ खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक आयोजक महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 भिनिसियसको गोलमा रियललाई जीवनदान

भिनिसियसको गोलमा रियललाई जीवनदान

पीएसजीको उत्कृष्ट पुनरागमन

पीएसजीको उत्कृष्ट पुनरागमन

फेरि समस्यामा डेम्बेले

फेरि समस्यामा डेम्बेले

भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य