काठमाडौं। लिभरपुलले इङ्लिस प्रिमियर लिगको उपाधि सम्भावनालाई अझ बलियो बनाएको छ।
घरेलु मैदानमा शनिबार भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो।
जितसँगै शीर्ष स्थानको लिभरपुलले आर्सनलसँग १६ अंकको दूरी बनाएको छ। २९ खेल खेलेको लिभरपुलको ७० अंक पुगेको छ। दुई खेल कम खेलेको आर्सनल ५४ अंकसहित दोस्रो स्थानमा छ।
साउथह्याम्पटन भने नौ अंकसहित रेलिगेसन जोनमा छ। लिभरपुलको जितमा मोहम्मद सलाहले दुई गोल गरे। एक गोल भने डार्विन नुनेजको नाममा रह्यो।