• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एक सातामै कन्सेइसाओले दिलाए मिलानलाई उपाधि
खेलपाटी संवाददाता
मंगलबार, पुस २३, २०८१ खेलपाटी संवाददाता
एक सातामै कन्सेइसाओले दिलाए मिलानलाई उपाधि

काठमाडौं। सर्जियो कन्सेइसाओले एसी मिलानका प्रशिक्षकको रूपमा आफ्नो पहिलो उपाधि जित्न केवल एक साता लगाए, त्यो पनि दुई उत्कर्षपूर्ण जितसँगै।

मिलानले सोमबार इटालियन सुपर कपको फाइनलमा सहरको प्रतिद्वन्द्वी इन्टर मिलानलाई ३–२ ले पराजित उपाधि हात पारेको हो।

यो क्लबको आठौं सुपर कप उपाधि हो। अन्तिमपल्ट मिलानले यो कप सन् २०१६ मा जितेको थियो। दुई गोलले पछि परिसकेको अवस्थामा राफाएल लिओ बेन्चबाट मैदान प्रवेश गरेका थिए। उनले मिलानका तीनवटै गोलमा निर्णायक भूमिका खेले। ती गोल थियो हर्नान्डेज, क्रिस्टियन पुलिसिच र टैमी अब्राहमले गरेका थिए। 

पाउलो फोन्सेका बर्खास्त भएसँगै सोमबार नियुक्त भएका कन्सेइसाओले सेमिफाइनलमा युभेन्टसविरुद्ध पनि कमब्याक गर्दै जित दिलाएका थिए।

‘हामी आत्मविश्वास, साहस र भोकका साथ खेलेका थियौं,’ अब्राहमले भने,‘हामी बलियो टोली हौं।’ पुलिसिचले यसैमा थपे, ‘कन्सेइसाओले हामीलाई रणनीतिभन्दा बढी जितको भोक आवश्यकता छ भन्नुभएको थियो।’ 

कन्सेइसाओलाई आफ्नो टोली फाइनल पुग्दा खेलाडीहरूलाई अँगालो हालेको हो भनेर सोध्दा भने, ‘म त्यति नरम स्वभावको छैन र साथी बनाउन यहाँ आएको पनि होइन। म जित्नका लागि आएको हुँ।’ तर, फाइनलपछि कन्सेइसाओ आफ्ना खेलाडीसँग नाच्दै र चुरोट पिउँदै खुसी मनाइरहेका देखिए। यो मिलानको सन् २०२२ मा सिरी ‘ए’ जितेपछि पहिलो उपाधि हो। 

पहिलो हाफको इन्जुरी समयमा लौटारो मार्टिनेज र दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै मेहदी तारेमीले इन्टरलाई दुई गोलको अग्रता दिलाएका थिए। तर, लिओले फ्रिकिकमार्फत दिएको बललाई हर्नान्डेजले उत्कृष्ट ‘कर्लिङ’ गोल गरे। त्यसपछि पुलिसिचले लेओले सुरु गरेको काउन्टर अट्याकको फिनिसिङ गर्दै खेल बराबरीमा ल्याए।

तेस्रो गोलका लागि लेओले पुलिसिचलाई ‘थ्रुबल’ उपलब्ध गराइदिए। पुलिसिचले अब्राहामलाई पास गरे  र इन्जुरी समयमा खाली पोस्टमा गोल गरे। खेल पेनाल्टी सुटआउटमा जाने तयारीमा थियो। किनभने यस प्रतियोगितामा अतिरिक्त समय थिएन।

‘फोन्सेका बर्खास्त हुनुमा हाम्रो पनि गल्ती छ। कन्सेइसाओसँग धेरै समय काम गर्ने मौका पाएनौं, तर यो छोटो अवधिमा धेरै राम्रो भयो,’ हर्नान्डेजले भने। यो प्रतियोगिता पछिल्ला सात वर्षमा पाँचौं पटक साउदी अरबमा खेलाइएको हो। दोस्रोपल्ट चार टोलीको विस्तारित ढाँचामा आयोजना गरिएको थियो।

अब मिलानले शनिबार काग्लियारीविरुद्ध सिरी ‘ए’ खेल खेल्नेछ। हाल मिलान १७ खेलबाट सात जित मात्र निकाल्दै आठौं स्थानमा छ। तर, यो जितले टोलीलाई नयाँ आत्मविश्वास दिएको छ। इन्टरले यो सिजन सबै प्रतियोगितामा गरी केवल तेस्रो हार बेहोरेको हो। यसअघि इन्टर च्याम्पियन्स लिगमा बायर लेभरकुसेनसँग र मिलानसँग सिरी ‘ए’ डर्बीमा पराजित भएको थियो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP