• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतविरुद्ध नेपाल : अत्यधिक पर्खाइको सेमिफाइनल
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ११, २०८१ खेलपाटी संवाददाता
भारतविरुद्ध नेपाल : अत्यधिक पर्खाइको सेमिफाइनल

काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनल पर्खाइ अन्ततः समाप्त भएको छ। पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेश र भुटान भिड्नेछन्। अर्कोमा घरेलु टोली नेपाल र भारत भइहाले। दशरथ रंगशालामा हुने दुवै खेल आइतबार हुनेछ।

बंगलादेश र भुटानविरुद्धको पहिलो सेमिफाइनल १:३० बजे हुनेछ। तर, योभन्दा नेपाली समर्थक अत्यधिक पर्खाइमा रहेको खेल भने नेपाल र भारतकै हो। यो खेल साँझ ६:३० बजे हुनेछ।  भारत र नेपाल कुनै नयाँ प्रतिद्वन्दी होइनन्। अझ यी दुई टोली पहिलोपल्ट सेमिफाइनलमा पनि भिड्न लागेका होइनन्। पाँचपल्ट उपाधि भिडन्तमा भिडेका यी दुई टोलीको यो तेस्रो सेमिफाइनल भेट हो।

गत संस्करणमा भारतलाई पहिलोपल्ट उपाधि विमुख गराउँदै फाइनलमा पुगेको नेपालले साफ च्याम्पियनसिपमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पाँच पटकको उपविजेतालाई थप फाइदा पुर्‍याउने कुरा भनेको नेपाल आयोजक हो र स्वाभाविक रूपमा घरेलु समर्थकका कारण टोली उत्साही छ।

भारतकी कप्तान आशालता देवीलाई यो अवस्थालाई राम्ररी बुझेकी छन्। ‘नेपालमा ठूलो समर्थक छन्। उनीहरू महिला फुटबलप्रति रुचि राख्छन्। हाम्रा केही युवा खेलाडीले यसअघि यस्तो भीडको अनुभव गरेका थिएनन्। त्यसैले फरक महसुस गर्न सक्छ,’ उनी भन्छिन्।

पाँच पटकको च्याम्पियन भारत साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। सन् २०१० मा प्रतियोगिता सुरु भएयता भारत पहिलोपल्ट उपाधि जित्न असफल भएको थियो। आशालता उक्त हारलाई सहजै बिर्सिनन्।

‘हामीले त्यो बिर्सेका छैनौं। हामी यसपटक बलियो भएर फर्किन जरुरी छ। नेपालसँग केही राम्रा खेलाडी छन्। मैले मुख्य स्ट्राइकर सावित्रा भण्डारीसँग दुई सिजन खेलेको छु। केही खेलाडीहरू प्राविधिक रूपमा राम्रो कुशल छन्। हामीविरुद्ध उनी कसरी खेल्छन् त्यो थाहा छ,’ उनी भन्छन्। 

युरोपमा व्यावसायिक फुटबल खेल्ने एक मात्रै नेपाली खेलाडी हुन्, सावित्रा। फ्रान्सको शीर्ष डिभिजन खेल्दै आएकी उनले भुटानविरुद्धको पहिलो खेल गुमाएकी थिइन्। उक्त खेलमा नेपाल ऐतिहासिक बराबरीमा रोकिएको थियो। माल्दिभ्सविरुद्धको ११–० को जितमा पनि मैदान उत्रिन पाइनन्। समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिए पनि केही समयअघि मात्रै ५०औं अन्तर्राष्ट्रिय गोल कटाएकी सावित्राले आफ्नो क्षमताअनुसार प्रदर्शन गर्न सकिनन्।

नेपालको ६–० को जितमा एक गोल गरेकी उनीमाथि नेपाली टोली अत्यधिक निर्भर हुने गर्छ। किनभने उनी टोलीमा रहेको त्यस्तो एक मात्रै खेलाडी हुन्, जसले साफमा आफ्नो गोल संख्या २० मा पुर्‍याएकी छन्। तर, उनको प्रदर्शनबाट मुख्य प्रशिक्षक राजेन्द्र तामाङ भने खुसी देखिँदैनन्। भन्छन्, ‘सावित्राले श्रीलंकाविरुद्ध आफ्नो खेल देखाउन सकिनन्। उनी राम्रो खेलाडी भएको कारण विपक्षीले अत्यधिक मार्क गरेर खेलिरहेका हुन्छन्।’ त्यसैले उनलाई श्रीलंकाविरुद्धको खेलमा पनि तल खेलाउन परेको थियो। आशालताको भनाइसँगै भारत पनि उनलाई नै मार्क गरेर खेल्न रणनीतिमा छ भनेर बुझ्न अब खेलसम्म कुर्नु पर्दैन। त्यसैले राजेन्द्रलाई अर्को विकल्प तयार गर्नुपर्ने आवश्यकता छ।

सावित्रका खुलेर खेल्न नसक्दा उनले रेखा पौडेल र सविता रानामगरलाई आफ्नो हतियारको रूपमा प्रयोग गरिरहेका छन्। माल्दिभ्सविरुद्ध पाँच गोल गरेकी रेखाले श्रीलंकाविरुद्ध पनि दुई गोल थपेकी थिइन्। यस्तै, सविताले पनि उक्त खेलमा पहिलो गोल गर्दै ‘प्लेयर अफ द म्याच’ चुनिएकी थिइन्। यीबाहेक रश्मिकुमारी घिसिङ र प्रीति राई पनि परेको खण्डमा गोल निकाल्न सक्ने खेलाडी हुन्। तर, माल्दिभ्सविरुद्ध पहिलो ह्याट्रिक गरेकी प्रीतिको घुँडाको समस्या बल्झिन थालेको छ। त्यसैले उनले आइतबार माल्दिभ्सविरुद्ध पूरै ९० मिनेट खेल्छिन् या खेल्दिनन् भन्ने पनि अहिल्यै भनिहाल्न सकिने अवस्था छैन।

तर, नेपालले फुटबल नै खेल्न बिर्सिएको दुई राष्ट्रलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। यी दुई टोलीले नेपाली डिफेन्डरसामु बलसम्म पनि पुर्‍याउन सकेका थिएनन्। त्यसैले मुख्य प्रशिक्षक राजेन्द्रले आफ्नो टोली कस्तो स्थितिमा छ भनेर हेर्ने अवसर पनि आएका छैनन्। यही खेलमार्फत टोलीको बलियो र कमजोर पक्ष छर्लंग देखिने छ। तर, उनलाई अहिले यति लागेको छ, आफ्नो टोलीले सेट पिसबाट गोल निकाल्न संघर्ष गरिरहेको छ।

अर्कोतर्फ नेपाली टोली डिफेन्समा कमजोर छ। अनुभवी लेफ्ट ब्याक हीराकुमारी भुजेलसँगै पूजा राना घाइते भएका कारण पनि राजेन्द्रले फुटबलको दुनियाँमा अत्यधिक खतरा मानिने ४–३–३ ‘फर्मेसन’मा टोलीलाई उतार्न सकेका छैनन्। हीराको भाग ‘कभर’ गर्न उनले अहिले ३–५–२ को ‘फर्मेसन’ खेलाइ रहेका छन्। तर, भारत अत्यधिक आक्रामक फुटबल खेल्न रुचाउँछ।

‘फाइनल थर्ड’मा मनीषा, ग्रेस डाङमेई र सौम्या गुगुलोथलाई उतारेर भरतले नेपाली डिफेन्सलाई समस्या दिन सक्ने खुबी राख्छ। पाकिस्तानविरुद्धको ५–२ को जितमा ग्रेसले दुई र मनीषाले एक गोल गरेकी थिइन्। त्यसैले राजेन्द्रलाई यो क्षेत्रमा यी तीन खेलाडीलाई कसरी ‘मार्क’ गर्ने भन्नेबारे चिन्ता थपिएको छ। उनी अहिल्यै भन्छन्,‘हीराजस्तो क्वालिटीको खेलाडी टोलीमा अर्को छैन। उनी नहुँदा हामीले फर्मेसन नै परिवर्तन गरेका छौं। उनले खेल्ने क्षेत्रलाई गीता रानाले कभर गर्दियो भने सहज हुन सक्छ।’

समूहचरणमा पाकिस्तानलाई हराए पनि भारत साबिक विजेता बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। साफमा बंगलादेशसँग भारत लगातार दोस्रोपल्ट पराजित भएको हो। अघिल्लो संस्करणको समूहचरणको अन्तिम खेलमा पनि बंगलादेशले भारतलाई ३–० ले पराजित गरेको थियो। त्यसैले भारतका मुख्य प्रशिक्षक सन्तोष कश्यपलाई आफू कुन पक्षमा कमजोर छ जाँच्ने मौका मिलेको छ। 

उनको भनाइ छ, ‘बंगलादेशविरुद्ध हामीले धेरै अवसर सिर्जना गर्यौं, तर अन्जु तामाङको चोटका कारण म पछि हट्न बाध्य भएँ। हामीले १० खेलाडीसँग केही समय खेल्नुपरेको थियो। त्यही बेला हामीले केही गोल खाएका थियौं। हामीले त्यसमा सुधार गरेका छौं। पछिल्लो हारबाट हामी बलियो पुनरागमन गर्नेछौं।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP