काठमाडौं। दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई३३६ रनको विशाल लक्ष्य दिएको छ।
नेपालले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको हो।
नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। ६७ बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे।
भीमाले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भएका हुन्।
अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।