• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अनुशासन गुमाउँदै आर्सनल
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ९, २०८१ खेलपाटी संवाददाता
अनुशासन गुमाउँदै आर्सनल

काठमाडौं। च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान शाख्तर डोनेट्स्कविरुद्धको खेलमा आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटासँग लेफ्ट ब्याक बेन ह्वाइटलाई परिवर्तन गर्नुबाहेकको अन्य कुनै विकल्प थिएन।

उनले पहिलो हाफको इन्जुरी समयमै पहेंलो कार्ड पाएका थिए। लगत्तै उनलाई अर्को खेलमा कायम राख्न अर्टेटाले मैदान बाहिर बोलाउनुपर्‍यो। उनको स्थानमा मिकेल मेरिनो प्रवेश गरेका थिए। आत्मघाती गोल उपहार पाएको आर्सनले उक्त खेल १–० ले जित्यो। तर, प्रशिक्षक अर्टेटा भने खुसी देखिएनन्। 

‘हामीले पछिल्ला खेलहरू १० खेलाडी लिएर खेलेका छौं,’ उनले भने। सबै कुरा स्पष्ट नै छ। पछिल्लो समय आर्सनलको टोलीमा अनुशासनको कमी छ। योक्रम जारी रहे अर्टेटाको प्रिमियर लिग जित्ने सपना यसपल्ट पनि अधूरै हुनेछ। लिगका पछिल्ला आठ खेलमा आर्सनले २० पहेंलोसहित तीन रातो कार्ड बेहोरेको छ। यी तीनलाई पनि जोड्ने हो भने सन् २०१९ को अन्त्यमा उनी प्रशिक्षक बनेयता आर्सनलले लिगमा १८ रातो कार्ड पुर्‍याएको छ।

आर्सनलले यस सिजन अंक गुमाएको हरेक खेलमा रातो कार्ड बेहोरेको छ। घरेलु मैदानामा ब्राइटनसँग १–१ को बराबरी खेलेको खेलमा मिडफिल्डर डेक्लान राइसले रातो कार्ड पाएका थिए। साबिक विजेता म्यानचेस्टर सिटीसँग २–२ को बराबरी खेल्दा पनि विंगर लियान्द्रो ट्रोसार्ड दोहोरो रातो कार्ड बेहोर्दै पहिलो हाफ मै मैदान छाड्नुपरेको थियो। 

शनिबार बर्नमाउथसँग २–० को हारमा पनि आर्सनलको योक्रम जारी रह्यो। उक्त खेलमा सेन्ट्रल ब्याक विलियम सालिबा सिधैं रातो कार्ड बेहोर्दै ३०औं मिनेटमा मैदान छाडेका थिए।

‘हामी १० जना खेलाडीसँग खेल्न सक्दैनौं, विशेष गरी यो स्तरमा। कार्ड बेहोरेपछि कति संघर्ष गर्नुपर्‍यो त्यो स्पष्ट देख्न सकिन्छ। हामीले यसलाई निर्मूल पार्नुपर्छ,’ उनले भने।

अहिलेसम्मको नतिजा हेर्ने हो भने लिभरपुल दोस्रो स्थानको सिटीभन्दा एक अंकले अगाडि छ। उसले तेस्रो स्थानको आर्सनलसँग अहिले नै चार अंकको दूरी कायम गरिसकेको छ। आइतबार हुने खेलमा लिभरपुल विजयी भए आर्सनलको अंक दूरी सातमा पुग्नेछ। योभन्दा अझ महत्त्वपूर्ण कुरा त शनिबार सिटीले जितविहीन रहेको साउथह्याम्पटनमाथि जित हासिल गरे आर्सनल डिफेन्डिङ च्याम्पियनभन्दा ६ अंकले पछि पार्नेछ।

लिग तथ्यांक आपूर्तिकर्ता ओप्टाका अनुसार आर्सनलले अहिलेसम्म प्रतिखेल औसतमा ५.१ पहेंलो कार्ड बेहोर्दै आएको छ। यो आर्सनलका लागि अहिलेसम्मकै डरलाग्दो तथ्यांक हो। यसअघि आर्सनले सन् १९९८–९९ को सिजनमा प्रतिखेल औसतमा ३.७ पहेंलो बेहोरेको थियो। गत सिजनको भने प्रतिखेल औसतमा ४.२ पहेंलो बेहोर्न पुग्यो। यो नै आर्सनलको खराब तथ्यांक थियो। ब्राइटनविरुद्ध आर्सनलका राइस र सिटीविरुद्ध ट्रोसार्डले दुई–दुई पहेंलो कार्ड पाएका थिए। बोर्नमाउथविरुद्धको खेलमा फरवार्ड इभानिलसनमाथि ट्याकल गरेपछि सालिबालाई सिधैं रातो कार्ड दिइएको थियो।

आर्सनल उसैपनि चोटको पीडामा छ। मुख्य आक्रामक खेलाडी तथा कप्तान मार्टिन ओडेगार्डले लिभरपुलसँगको खेल गुमाउने छन्। स्टार विंगर बुकायो साका (ह्यामस्ट्रिङ) र समरमा अनुबन्धित भएका रिकार्डो कालाफियोरी चोटले थलिएको अवस्थामा सालिबाको अनुपस्थितिले आर्सनललाई थप समस्यामा पार्नेछ।

अर्कोतर्फ लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा सबै प्रतियोगिताका १२ मध्ये ११ खेलमा जित हात पारेको छ। त्यस दौरानमा लिभरपुलले ६ खेलमा गोल बेहोर्नुपरेको छैन, जुन एक क्लब कीर्तिमान पनि हो।

लाइपजिगमा बिहीबार १–० को जितपछि उनले भने, ‘अर्टेटाले पछिल्ला केही वर्षमा उत्कृष्ट काम गरेका छन्। त्यसैले हामीले आफूलाई प्रमाणित गर्न शीर्ष स्थानमा रहनुपर्ने हुन्छ।’

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP