• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधिको लागि बिर्तामोड र दमक भिड्ने
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक ९, २०८१ खेलपाटी संवाददाता
उपाधिको लागि बिर्तामोड र दमक भिड्ने

समाल्बुङ। दोस्रो गोरख भेट्रान्स कप फुटबलको उपाधिको लागि पूर्वेली भेट्रान्स बिर्तामोड र दमक लखनपुर भेट्रान्स दमक भिड्ने भएका छन्। 

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विजय हासिल गर्दै बिर्तामोड र दमक उपाधिको लागि भिड्ने भएका हुन्। पहिलो सेमिफाइनल खेलमा बिर्तामोडले बरमियोक नाम्पिङ सिक्किमलाई ४–३ र दोस्रो सेमिफाइनलमा दमकले युएफसी बुङ्कुलुङलाई १–० ले हराएको हो।

सुरुवाती ३–० को अग्रता जोगाउन नसक्दा सिक्किम अन्तिम चारबाट पराजित भएको हो। खेलको तेस्रो मिनेटमा दावा भोटियाले सिक्किमलाई अग्रता दिलाए। ८ औं मिनेटमा दावाले अग्रता दोब्बर बनाए। १७ औ मिनेटमा तेन्जिङ भोटियाले ३–०  बनाए। २२औं मिनेटमा प्रेम लिम्बुले गोल अन्तर कम बनाए।

पहिलो हाफमा ३–१ को अग्रता बनाएको सिक्किमले दोस्रो हाफमा थप ३ गोल बेहोर्न पुग्यो। दोस्रो हाफको ७औं मिनेटमा लिम्बुले ३–२ बनाए। ४ मिनेट नबित्दै सन्तोष राईले गोल गर्दै खेल बराबरी गरे। इन्जुरी समयमा कर्ण लिम्बुले कर्नरबाट गरेको प्रहारलाई लिम्बूले जाली चुमाउँदै ह्याट्रिक पुरा गरे। ह्याट्रिक गरेका लिम्बु म्यान अफ द म्याच घोषित भए।

उनलाई जिल्ला समन्वय समिति इलाम उपप्रमुख चित्रकला बराइलीले ट्रफी प्रदान गरिन्। त्यसै गरी दोस्रो सेमिफाइनलमा विकास राईले निर्णायक गोल गरेपछि दमकले फाइनलमा स्थान बनाएको हो। दोस्रो हाफको १५औं मिनेटमा उनले गोल गरेका थिए। अग्रता बनाएको ३ मिनेट नबित्दै दमक ६ खेलाडीमा सीमित भएको थियो। स्ट्राइकर सुवास आङथुपो रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। म्यान अफ द म्याच निर्णायक गोलकर्ता राई घोषित भए। फाइनल खेल कार्तिक १० गते हुनेछ।

गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङ को आयोजना र गोरख युनाइटेड क्लबको सह आयोजनामा भएको प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ३५ हजार नगद पाउने छन्। उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार व्यवस्था गरिएको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP