काठमाडौं। अन्तर्राष्ट्रिय फुटबलविहीन रहेपनि नेपालको फिफा वरीयता यथावत रहेको छ। फुटबलको सर्वोच्च निकाय फिफाले सर्वाजनिक गरेको नयाँ वरीयतामा नेपाल १७६औं स्थानमा कायम रहन सफल भएको हो।
विश्वकप/एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध २–२ (११ जुन, २०२४/दमाम, साउदी अरबया) खेलेयता नेपाली टोली मैदानमा फर्किएको छैन। त्यसले नेपालको वरीयतामा कुनै परिवर्तन नभएको हो।