• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बंगलादेशसँग भारत ‘ब्याक टु ब्याक’ पराजित
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ७, २०८१ खेलपाटी संवाददाता
बंगलादेशसँग भारत ‘ब्याक टु ब्याक’ पराजित

काठमाडौं। गोलकिपर रुपना चक्माले उत्कृष्ट प्रदर्शन गरेसँगै बंगलादेशले साफ च्याम्पियनसिप २०२४ मा भारतलाई पराजित गरेको छ। तोहुरा खातुनको दुई गोलसँगै बंगलादेशले भारतमाथि ३-१ को जित दर्ता गरेको हो।

पाँचपल्टको च्याम्पियन भारतको साफमा बंगलादेशसँग यो ब्याक टु ब्याक पराजय हो। यसअघि बंगलादेशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको पछिल्लो संस्करणको समूहचरणको अन्तिम खेलमा ३-० को जित हात पारेको थियो। साफमा भारतको समग्रमा भने यो तेस्रो हार हो। सोही संस्करणमा रश्मिकुमार घिसिङको निर्णायक गोलमा भारत १-० ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

भारतलाई पराजित गरेसँगै बंगलादेश समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ। बंगलादेशले दुई खेलबाट चार अंक पुर्‍यायो। भारत समान खेलबाट तीन अंकसहित अन्तिम चारमा प्रवेश गर्दा पाकिस्तान भने बाहिरिएको छ। पाकिस्तानले बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ५-२ ले पराजित हुनपुग्दा समूहचरणबाट स्वदेश फर्किन बाध्य भयो। बंगलादेशको पहिलो जितमा तोहुराबाहेक अफिदा खाँडकरले एक गोल थपिन्। भारतका लागि गोल मेसिन बालदेवीले गरेको गोल सान्त्वना रह्यो।

भारतले सुरुआती समयदेखि नै बंगलादेशलाई दबाबमा राख्ने प्रयास गरेको थियो। १०औं मिनेटमा मनिषाले सुनौलो अवसर खेर फ्यालिन्। आफ्नै खेलाडीले दिएको ब्याक पासलाई अगाडि बढेर गोलकिपर रुपनाले रिलिज गर्न ढिला गरेकी थिइन्। उक्त बल मनिषासँग डिफ्लेक्ट भएर पोलनजिकबाट बाहिरिँदा बंगलादेशको खतरा टरेको थियो। 

१९औं मिनेटमा बंगलादेशले सुरुआती अग्रता लियो। कप्तान सविना खातुनको कर्नरबाट आएको बललाई भारतीय गोलकिपर पानथोई चनुले पञ्च गर्दै बचाउने प्रयास गरेकी थिइन्। तर, राम्रोसँग क्लियर हुन नसकेको बललाई अफिदाले सिक्स यार्डनजिकबाट गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत भयो। २६औं मिनेटमा ऋतु चक्माले एकल प्रयासमार्फत गरेको प्रहार बारमा लागेर फर्किँदा बंगलादेशले अग्रता दोब्बर बनाउने मौका गुमायो।

तर, त्यसको चार मिनेटमपछि नै बंगलादेशले अग्रता दोब्बर पार्न सफल भयो। लामो पासमार्फत आएको बललाई गोल लाइननजिबबाट तोहुराले जाली चुमाइन्। ३५औं मिनेटमा भारतकी बालदेवी वान भर्सेस वानमा चुक्न पुगिन्। नियमित कप्तान अशलता देवीको स्थानमा उनी कप्तानी आर्म ब्यान्ड बाँधेर मैदान उत्रिएकी थिइन्। 

४२औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन्। सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई तोहुराले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको बल सिधै जाली चुम्यो। लगत्तै बालादेवीले भारतका लागि पहिलो गोल फर्काइन्। डालिमा छब्बरको क्रसलाई गोलकिपर रुपनाले पञ्च गर्दै बचाउने प्रयास गरेकी थिइन्। राम्ररी क्लियर हुन नसकेको बललाई बालादेवीले हेडिङमार्फत गोल गरिन्।

विराटनगरमा सन् २०१९ मा भएको साफ महिला च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएकी डिफेन्डर छिब्बरले यही खेलमार्फत पुनरागमन गरेकी थिइन्। त्यसपश्चात व्यवसायिक लिग खेल्न क्यानडा गएकी उनले सन् २०२२ को पछिल्लो संस्करण गुमाएकी थिइन्। 

६३औं मिनेटमा ज्योती चौहानको प्रहारमा पुन: बंगलादेशकी गोलकिपर रुपना बाधक बनिन्। रिम्पा हल्दरले मिलाइदिएको बललाई ज्योतीले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेपनि उनले बचाइदिइन्। ८२औं मिनेटमा सपना रानीले अग्रता ४-१ मा पुर्‍याउने अवसर खेर फ्यालिन। करिब ३५ यार्डबाट उनले टप कर्नरमा प्रहार गरेको बललाई चनुले मुस्किलले बचाइन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP