काठमाडौं। इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलविरुद्ध हुने खेलअघि आर्सनलको समस्या बढ्दै गएको छ।
आर्सनलका मुख्य आक्रामक खेलाडी मार्टिन ओडेगार्ड र बुकायो साका तथा डिफेन्डर जुरियन टिम्बर चोटग्रस्त छन्। यही बेला लेफ्ट ब्याक रिकार्डो कालाफियोरीले पनि चोटग्रस्त हुन पुगेका छन्।
च्याम्पियन्स लिगअन्तर्गत शाख्तर डोनेट्स्कमाथि १–० को जित हात पारेको खेलको दोस्रो हाफमा टालीका डिफेन्डरलाई दाहिने घुँडामा चोट लागेको हो।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले भने, ‘उनले केही महसुस गरे, उनले खेल्न जारी राख्न सकेनन्। थोरै चिन्ता थपिएको छ।’
सेन्टर ब्याक विलियम सालिबालेशनिबार बर्नमाउथसँग पराजित हुँदा रातो कार्ड पाएका थिए। त्यसैले उनले लिभरपुलविरुद्धको खेल गुमाउने पक्का छ।
आर्सनलका कप्तान ओडेगार्ड अनुपस्थित हुने लगभग निश्चित छ। उनी गत महिना टखनेको चोटबाट निको भइरहेका छन्। साकाको स्थितिको बारेमा कम जानकारी दिइएको थियो। उनले गत हप्ता इङ्ल्यान्डको राष्ट्रिय ड्यूटीमा ह्यामस्ट्रिंगको चोट बोकेका थिए।
साकाले बोर्नमाउथ र शाख्तरविरुद्ध खेलेका थिएनन्। अर्टेटा आइतबार लिभरपुलको खेलमा साका उपलब्ध हुनेबारे जानकारी दिन चाहेनन्। ‘उनले अहिलेसम्म प्रशिक्षण गर्न सकेका छैनन्, त्यसैले यो असम्भव छ,’ अर्टेटाले भने।