• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतको बदला लिने लक्ष्य, बंगलादेशलाई जित्नै पर्ने दबाब
खेलपाटी संवाददाता
बुधबार, कात्तिक ७, २०८१ खेलपाटी संवाददाता
भारतको बदला लिने लक्ष्य, बंगलादेशलाई जित्नै पर्ने दबाब

काठमाडौं। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा भारतले बुधबार साबिक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५:१५ बजे हुनेछ।

पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। त्यसैले समूहगत वर्चस्व कायम राख्दै भारत बंगलादेशमाथि आफ्नो प्रभुत्व पुनः स्थापित गर्ने लक्ष्यमा हुनेछ। साथै सन् २०२२ को च्याम्पियनसिप अझै पनि भारतीय टोलीलाई सम्झना भइरहन्छ।

उक्त च्याम्पियनसिपमा बंगलादेशले समूह चरणमा ३–० को जितसहित प्रतियोगितामा भारतको अपराजित यात्रालाई ‘ब्रेक’ लगाएको थियो। यो नै भारतको साफ इतिहासमा पहिलोपल्ट दक्षिण एसियाली प्रतिद्वन्द्वीसँग पराजय थियो।

मुख्य प्रशिक्षक सन्तोष कश्यपले पाकिस्तानविरुद्ध ५०औं अन्तर्राष्ट्रिय गोल गरेकी बाला देवीलाई बंगलादेशविरुद्धको खेलका लागि कप्तान जिम्मेवारी दिएका छन्। खेलको पूर्वसन्ध्यामा बालाले भनिन्, ‘हामीले यसअघि पनि बंगलादेशको सामना गरिसकेका छौं र पाकिस्तानविरुद्धको अन्तिम खेल पनि हेरेका थियौं। अब हाम्रो एकमात्र ध्यान यो खेल जित्नु हो। हामीसँग सिनियर र युवा दुवै खेलाडी छन् त्यसैले जितका लागि दबाब दिन तयार छौं।’

च्याम्पियनसिपमा भारतले बलियो सुरुआत गरेको थियो। त्यसैले एक खेलअगावै अन्तिम चारमा पुगिसकेको भारत बंगलादेशविरुद्ध अत्याधिक आत्मविश्वासी छ। किनभने पाकिस्तान पनि कठिन टिम साबित भएको छ। खेल बराबरीमा टुंगिनुअघि करिब ९० मिनेटसम्म साबिक विजेता बंगलादेशविरुद्ध १–० को अग्रता लिएको थियो।

खेलको अधिकांश समय बंगलादेशको दबदबा रह्यो तर पाकिस्तानले राम्रो डिफेन्स प्रस्तुत गर्दै अन्तिम क्षणसम्म आफ्नो अग्रता कायम राख्यो। यसले भारतलाई आफ्नो खेललाई परिष्कृत गर्नमा ध्यान केन्द्रित गर्ने मौका दिएको छ।

मुख्य प्रशिक्षक कश्यप भन्छन्, ‘हामी राम्रो फुटबल खेलिरहेका छौं। तर, आक्रमण, डिफेन्डिङ र ट्रान्जिसनजस्ता क्षेत्रहरूमा सुधार गर्नुपर्ने ठाउँ छ। त्यसका लागि हामी तयार छौं। बंगलादेशसँगको खेल चुनौतीपूर्ण हुनेछ। किनकि बंगलादेश विदेशी प्रशिक्षकसहितको बलियो टोली हो र उनीहरूसँग ठोस रणनीतिक योजना छ।’

अघिल्लोपल्ट अपराजित रहँदै बंगलादेशलाई ऐतिहासिक उपाधि दिलाएका गोलोन रब्बानी छोटोन यसपल्ट टचलाइनमा छैनन्। उनले सम्हालिरहेको उक्त जिम्मेवारी बंगलादेश फुटबल फेडेरेसनले वेस्ट ह्यामका पूर्वमिडफिल्डर पिटर बटलरले सुम्पिएको छ। इङ्ल्यान्डका बटलरले गत मार्चमा चाइनिज ताइपेईसँग भएको मैत्रीपूर्ण खेलमार्फत प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। उक्त खेलमा बंगलादेश ४–० ले पराजित भएको थियो।

विराटनगरमा सन् २०१९ मा आयोजित साफ महिला च्याम्पियनसिपमा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएकी डिफेन्डर डालिमा छिब्बर यही खेलमार्फत पुनरागमन गर्ने तयारी गरेकी छन्। उनले सन् २०२२ को पछिल्लो संस्करण हुँदा उनी व्यवसायिक फुटबल खेल्न क्यानडा पुगेकी थिइन्। 

उनले पहिलो हाफमा बंगलादेशविरुद्ध गोल गरेको स्मरण गर्दै भनिन्, 'मेरो पहिलो अन्तर्राष्ट्रिय गोल सन् २०१९ को सेमिफाइनलमा बंगलादेशविरुद्ध भएको थियो।कर्नर किकबाट आएको बललाई मैले ट्याप गरें। यो मेरो लागि विशेष थियो।’

समूह चरणको खेलमा १–१ गोलको बराबरी खेलेको बंगलादेश र पाकिस्तानको समान एक अंक छ। बुधबारको खेल बंगलादेश र पाकिस्तान दुवैका लागि निर्णायक हुनेछ। किनकि फरक परिदृश्यले दुवै टोलीलाई अन्तिम चारमा स्थान बनाउन सक्नेछ।

भारतविरुद्ध बंगलादेशले जित हात पारे भने समूह विजेता बन्नेछ। खेल बराबरीमा टुंगिएमा बंगलादेश दुई अंकका साथ उपविजेता बन्नेछ। भारतको जितले शीर्ष स्थानमा उक्लने छ भने तीन या सोभन्दा बढी गोलअन्तरले जित हासिल गरेमा पाकिस्तान समूहको दोस्रो स्थानमा रहनेछ।

अघिल्लो खेलमा तीन अंक गुमाएको पीडामा रहेका बंगलादेशका मुख्य प्रशिक्षक बटलर भारत प्रतियोगिताकै उत्कृष्ट टोली मान्छन्। त्यसैले यो खेल प्रतिस्पर्धात्मक हुने उनको विश्वास छ। ‘भारत प्रतियोगिताको सबैभन्दा राम्रो टोली हो। म यो खेलको प्रतिक्षामा छु। मलाई लाग्छ यो निकै आक्रामक खेल हुनेछ,’ उनी भन्छन्।

यो ‘गर या मर’को खेल हो। जसलाई उनी हार्न चाहँदैनन्। भारतले सेमिफाइनलमा स्थान पक्का गरिसकेको कारण बटलर निश्चय नै खाली समूह चरणबाटै बंगलादेश फर्किने लक्ष्यमा भने हुने छैनन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP