काठमाडौं। केलियन एमबाप्पेले छैटौं खेलमा पाँचौं गोल गरेपछि रियल मड्रिडले मंगलबार स्पेनिस लिगमा अलाभेसलाई ३–२ ले पराजित गरेको छ। योसँगै रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको अंक दूरी एकमा झारेको छ।
एक खेल कम खेलेको बार्सिलोनाको १८ अंक छ। सात खेल खेलको रियलको भने १७ अंक मात्रै छ। रियलमा अनुबन्ध भएयता एमबाप्पेको छैटौं गोल सुन्दर थियो। जसमा फ्रान्सेली फरवार्डले जुड बेलिङ्घमको क्रस तारिफ गर्नयोग्य रह्यो।
प्रशिक्षक कार्लो एन्सेलोट्टीका अनुसार ८०औं मिनेटमा एमबाप्पेलाई मांसपेसीको समस्या देखिएको थियो। रियलका लागि लुकास भाज्क्वेज र रोड्रिगोले पनि गोल गरे। योसँगै रियलले लिगमा आफ्नो अपराजित यात्रालाई ३९ खेलमा पुर्याएको छ। रियलले लिगमा २९ जित र १० बराबरी खेलेको छ। अलाभेसका कार्लोस बेनाविडेजले ८५औं र किके गार्सियाले ८६ औं मिनेटमा गोल गरेपनि हार टार्न सकेनन्।
एमबाप्पेले रियलका लागि सबै प्रतियोगितामा नौ खेलमा सात गोल गरेका छन्। उनले स्पेनिस लिगमा पाँच गोल गरेका छन् भने बार्सिलोनाका सर्वाधिक गोलकर्ता रोबर्ट लेवान्डोस्कीभन्दा एक गोलले पछि परेका छन्।