युसीआई पम्प ट्रयाकको विश्व च्याम्पियनसिप छनोट नेपालमा

काठमाडौं। नेपालमा पहिलो पटक युसीआई पम्प ट्रयाक विश्व च्याम्पियनसिपको छनोट प्रतियोगिता आयोजना हुने भएको छ।
हिमालयन सिंगल ट्रयाक, जिरो लेभल एमटिभी स्कुल र हिमाली राइडर्सले जेठ १७ गते ललितपुरस्थित पम्प ट्रयाक सेन्टरमा उक्त छनोटको आयोजना गर्न लागेको हो।
प्रतियोगितालाई युनियन साइक्लिस्ट इन्टरनेशनल (युसीआई) र नेपाल साइक्लिङ संघले पनि मान्यता दिएको प्रतियोगितामा नेपाल, जापान, भारत, भुटान, अस्ट्रेलियालगातका १२० खेलाडी सहभागि हुने बताइएको छ। उनीहरूले एलिट, मास्टर्स, जुनियर्स, युथ र किड्स गरी चारवटा इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछ।
मुख्य विधाको रुपमा रहेको एलिट तर्फ पुरुष र महिला गरी ४-४ खेलाडी सेप्टेम्बर ५ मा स्विट्जरल्याण्डमा हुने विश्व च्याम्पियनसिपमा छनोट हुनेछन्।
त्यसमध्ये विजेता दुई खेलाडीको सम्पुर्ण खर्च आयोजकले ब्यहोर्ने छ।
विश्व च्याम्पियनसिपको छनोट विभिन्न १६ देशका २० सहरमा हुँदैछ, त्यसमध्येको एक नेपाल हो। सन् २०२२ मा विश्व च्याम्पियनसिपको आयोजक भेलोसोलुसनले ललितपुर महानगरपालिका १ स्थित कोपुन्डोलमा निर्माण गरेको थियो।












-1764078716312.jpeg&w=3840&q=75)



-1764055643559.png&w=3840&q=75)