काठमाडौं। नेपाल एफसी यु–२० एसियन कप छनोटअन्तर्गत तेस्रो खेलमा उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। न्यु ताइपेइ सिटीमा हुने खेल अपरान्ह्र ३ बजे हुनेछ।
समूह बी मा शीर्ष दुईमा रहेर चीनमा अर्को वर्ष हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसाथ चाइनिज ताइपेइ पुगेको नेपालले सुखद् सुरुआत गर्न सकेको छैन। पहिलो खेलमा समान स्तरको कम्बोडियासँग नेपाल ४–१ ले पराजित भएको थियो। उक्त खेलमा नेपालको तर्फबाट समीर तामाङले मात्रै गोल गर्न सकेका थिए।
उनै समीरले दोस्रो खेलमा ह्याट्रिक पूरा गरेपछि नेपालले घरेलु टोली चाइनिज ताइपेइसँगको खेलमा ३–१ को जितसहित प्रतियोगितामा पुनरागमन गरेको थियो। नेपाल यही लयलाई निरन्तरता दिने लक्ष्यमा छ। उज्बेकिस्तान भने सानदार लयमा छ। उसले पहिलो खेलमै कम्बोडियालाई ७–० को सहिजो जित हात पारेको थियो।
उज्बेकिस्तान अंक तालिकामा ३ अंकहित शीर्ष स्थानमा छ। समान अंक रहेपनि नेपाल चौथो स्थानमा छ। यद्यपि, उज्बेकिस्तानले एक खेल कम खेलेको छ।