इन्दु बलिङमा चम्किएपछि नेपाललाई ११६ रनको लक्ष्य
शुक्रबार, ०४ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान इन्दु बर्माले कसिलो बलिङ गरेपछि युएईले एसिसी महिला एसिया कपमा ११६ रनको लक्ष्य दिएको छ।
रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशाला टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको हो।
युएईका खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रिथिका राजित ६ र लावन्या केनी २ रनमा अविजित रहिन्।
कविशा इगोडागो २२, समाइरा धरनिधर्क १३ र कप्तान इशा रोहित ओजाले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन्। कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिइन्।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



-1764163211372.jpg&w=3840&q=75)