• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
‘भलिबल प्रतियोगिता व्यवस्थापनमा समेत सफल’
नमीन ढकाल
शनिबार, पुस २८, २०७५ नमीन ढकाल
‘भलिबल प्रतियोगिता व्यवस्थापनमा समेत सफल’

काठमाडौं । पुरानो नैकापमा दोस्रो संस्करणको न्यू डाइमन्ड कप खुला राष्ट्रिय महिला भलिवल प्रतियोगिता सम्पन्न भयो । पुस २५ गतेबाट सुरु भएको प्रतियोगिताले शनिबार (आज) बिट मार्यो । विद्यालयस्तरीय टोली न्यू डायमण्डले आफ्नै एकेडेमीको सानो भलिबल कोर्टमा प्रतियोगिता आयोजना गर्नुपर्ने चुनौती यथावत छ । विद्यालय चलाउँदै आएका भलिबल प्रशिक्षक कुमार राई प्रतियोगिताका मुख्य व्यवस्थापक समेत हुन् ।

उनी एकप्रकारले न्यु डायमण्डका ‘परिकल्पनाकार’ हुन् । स्कुल मात्र होईन, महिला भलिबलको एकेडेमी चलाउने उनको सपना हो । विद्यालयस्तरीय टिम न्यु डायमण्डले नेपालको महिला भलिबलमा राम्रा खेलाडी दिएको छ । रमिला तण्डुकारदेखि नयाँमा प्रतिभा माली त्यसैका उदाहरण हुन् । उनी न्यु डायमण्डका प्रिन्सिपल मात्र होईनन्, न्यु डायमण्ड टिमका सदाबहार प्रशिक्षक समेत हुन् ।

कारण, उनैले विगत १०–१२ बर्षबाट महिला टिमलाई प्रशिक्षण दिईरहेका छन् । उनी किताबमात्र पढाउदैनन्, भलिबलका कखरा समेत सिकाउछन् । उनैले भरेको शिल्पले धेरै महिला खेलाडीले घरेलु भलिबलमा आफुलाई स्थापित गराएका छन् ।

स्कुल र भलिबल चलाउँदै आएका प्रशिक्षक राईले पछिल्लो समय भलिबल प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएका छन् । त्यसैको श्रृङ्खला हो, दोस्रो संस्करणको न्यु डायमण्ड कप महिला भलिबल ।

आयोजक हुनुको दुखै बेग्लै । अरु प्रतियोगिता खेल्न गए आफ्नो टिम मात्र हेरे पुग्ने थियो । आयोजक भएपछि सबैतर्फ नजर घुमाउनुपर्ने भयो । फाईनल खेलमा उनको टोली विभागीय टिम एपीएफसंग पराजित भयो । तर प्रशिक्षक कुमार राई मुस्कानका साथ प्रस्तुत भए, ‘अन्य ठाउँको भन्दा राम्रो खेलायौ । प्रतियोगिता सफलताका साथ सञ्चालन गर्न पाउदाँ खुसी छु ।’

प्रतियोगिताको व्यवस्थापन र प्रशिक्षण दुवै जिम्मेवारी एकै पटक निभाउन गाह्रो भएको उनको कथन थियो । ‘ब्यवस्थापनमा लाग्नु कि कोचिङ ? निकै गाह्रो बिषय रहेछ ।’ उनले थपे, ‘हामीसंग दर्शकको लागि सानो ठाउँ भयो । दर्शक अटाउन नि गाह्रो भयो ।’

स्कुलको सानो प्राङ्गणमा राष्ट्रिय प्रतियोगिता गर्दै आएका राई गर्वका साथ भन्छन्, ‘ढोरपाटन भन्दा उपयुक्त तरिकाले धुरो रहित प्रतियोगिता आयोजना गर्न सफल भयौ ।’

खेल हेर्न आएको भिड देखेर उनको मनमा एउटै खिन्नता छ, ‘हामीसँग खेल खेलाउन एउटा ठुुलो मैदान भएन ।’

दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिसकेपछि उनी फुरुङ्ग छन् ।

‘अब मान्छेहरुमा कुमार सरका इष्ट मित्र रैछन् । उहाँले चाहनु भयो भने सक्नुहुन्छ भन्ने मान्छेमा छाप परेको छ ।’ उनले थपे ।
फाइनलमा आयोजक न्यु डायमण्डलाई पराजित गर्दै विभागीय टिम एपिएफले उपाधि हात पर्याे, तर प्रशिक्षक कुमार आफ्ना खेलाडीको प्रर्दशनबाट सन्तुष्ट देखिएनन् ।

‘टिमको प्रदर्शन पटक्कै चित्त बुझेन । जति खेलाडीबाट आश गरेको थिए, त्यो हुन सकेन ।’ खेलपछि उनले भने । चार दिनसम्म चलेको प्रतियोगितामा ८ टिम सहभागि थिए । उपत्यका बाहिरका टिमलाई यातायातसंगै बसोबासको व्यवस्था आयोजकले उपलब्ध गराएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP