शुक्रबार, कार्तिक १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

नेपालका राहुल र भारतका शातलाई अग्रता

बुधबार, जेठ १६, २०८१खेलपाटी संवाददाता
नेपालका राहुल र भारतका शातलाई अग्रता
Classic Tech Internet Ad

काठमाडौं। नेपालका राहुल विश्वकर्मा र भारतका शात मिश्र १०औँ नेपाल एमेच्योर ओपनको पहिलो दिन संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा आज राहुल र शातले ५–अण्डर ६७ को स्कोर खडा गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य ३–अण्डर ६९ सहित तेश्रो स्थानमा रहेका छन्। नेपालकै विजय श्रेष्ठ आइन्हाउस र साश्वत प्रधान तथा भारतका सुरज जोशी र बङ्गलादेशका सहाब उद्दिन इभन–पार ७२ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे।

नेपालका वाङचेन ढोन्डुप र डिफेन्डिङ च्याम्पियन भारतका सुमित कोटवालले संयुक्तरुपमा आठौं स्थान बाँडे। उनीहरूले १–ओभर ७३ मा दिनको खेल पूरा गरे।  नेपालका ज्ञान बहादुर ढेङ्गा २–ओभर ७४ सहित दशौं स्थानमा छन्।

पुरूष टिम स्पर्धामा नेपालको बी टिम र भारत ४–अन्डर १ सय ४० सहित संयुक्तरुपमा शीर्षस्थानमा स्थानमा छन्। नेपाल बीका लागि राहुल विश्वकर्माले ६७ र वाङचेन ढोन्डुपले ७३ को स्कोर बनाए। भारतका शात मिश्रले ६७ र सुमित कोटवालले ७३ स्कोर गरे। सद्भाव आचार्य र टासी छिरिङ सम्मिलित नेपाल टिम ए १–ओभर १ सय ४५ सहित तेस्रो स्थानमा रहेको छ।

महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले १–अन्डर ७१ को स्कोरमा नेपालकी कश्मीरा शाह र भारतकी दिया कृश कुमारलाई एक स्ट्रोकले पछि पारेकी छिन। डिफेन्डिङ च्याम्पियन कश्मीरा र  दिया इभन–पार ७२ सहित संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्। भारतकी मानवी सिंघानिया १–ओभर ७३ सहित चौथो स्थानमा रहँदा ५–ओभर ७७ को स्कोरमा भारतकी अनन्थी विवेक पाँचौँ स्थानमा रहेका छन्।

पुरूषतर्फका संयुक्त लिडर राहुल र शात दुवैले फ्रन्ट नाइन २–अन्डर ३४ र ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे। राहुलले तेस्रो र सातौँ होलमा एक–एक सट बचाए। यसपछि १७औँ होलमा एक सट खेर फाले पनि ११औँ, १२औँ, १५औँ र १८औँ होलमा बर्डीको सफलता प्राप्त गरे।

शातले बोगी फ्री स्कोर कार्ड तयार पार्ने क्रममा तेस्रो, छैटौँ, १५औँ, १७औँ र १८औँ होलमा एक–एक सट बचाए।नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भावले तेस्रो र नवौँ होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। यसपछि १२औँ र १७औँ होलको बर्डीकाविरुद्ध १५औँ होलको बोगीले ब्याक नाइन १–अन्डर ३५ मा पुरा गरे।

महिलातर्फ लिडर कायाले फ्रन्ट नाइन १–अन्डर ३५ र ब्याक नाइन इभन–पार ३६ मा पुरा गरिन। उनले फ्रन्ट नाइनमा चार होलमा बर्डी प्रहार गरिन। पहिलो, तेस्रो, पाँचौँ र छैटौँ होलमा एक–एक सट बचाइन्। तर दोस्रो होलमा बोगी र चौथो होलमा डबल बोगीको सामना गरिन्। यसपछि ब्याक नाइनमा ११औँ, १५औँ र १८औँ होलमा एक–एक सट बचाइन्। तर १६औँ होलमा बोगी र १७औँ होलमा डबल बोगी प्रहार गरिन। कश्मिरा र किया दुवैले फ्रन्ट नाइन र ब्याक नाइन ईभन–पार ३६ मा सकाए।

५४ होल तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच देशका ६५ खेलाडीको सहभागीता रहेको छ। नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग रहेको छ।

आजै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा संघका अध्यक्ष टाशी घले, महासचिव दीपक आचार्य लगायतको उपस्थिति रहेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि

Bajaj Pulsar Motorcycle Ad
भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

भारत र अस्ट्रेलियाविरुद्ध खेल्ने रोहितको इच्छा !

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

फिफा वरीयतामा नेपाल ९ वर्षपछि सबैभन्दा खराब स्थानमा

अपराजित रहँदै नेपालले जित्यो उपाधि

अपराजित रहँदै नेपालले जित्यो उपाधि

नेपालको पोस्टमा एक दर्जन गोल

नेपालको पोस्टमा एक दर्जन गोल

सामोआलाई नेपालको विशाल लक्ष्य

सामोआलाई नेपालको विशाल लक्ष्य

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

एन्फा प्रेसिडेन्ट लिगको उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

मलेसियासँगको हारलाई जितमा बदल्न एन्फाले हाल्यो उजुरी

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड

बंगलादेशलाई ग्रासरुट फुटबलमा एएफसीको अवार्ड