शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

प्रदीप र अभिलाषा च्याम्पियन

शनिबार, बैशाख १५, २०८१खेलपाटी संवाददाता
प्रदीप र अभिलाषा च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्ट १० औं संस्करणको सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् ।

शनिबार डिफेन्डिङ च्याम्पियनद्वय प्रदीपले पुरुष तथा अभिलाषाले महिलामा उपाधि रक्षा गरेका हुन् । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा अभिलाषाले सुनिरा थापालाई सीधा सेटमा ६–० र ६–१ ले हराइन् । 

पुरुष-महिला दुवैमा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार पाए । शुक्रबार अभिलाषाले मिक्स डबल्समा पनि ऋतिक राणासंग मिलेर स्वर्ण जितेकी थिइन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रानमा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र विमलकुमार गुरुङले दोहोरो स्वर्ण जिते ।

जितेन्द्रले ३५ वर्षमाथि पुरुष सिंगल्स र डबल्स तथा विमलले ५५ वर्षमाथि सिंगल्स र डबल्समा स्वर्ण हात पारे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा तथा डबल्समा विदुर विष्ट र धीरबहादुर गुरुङ पहिलो भए । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा क्रमशः कमलबहादुर भण्डारी तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले उपाधि चुमे ।

विजेतालाई सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डे, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए ।

अध्यक्ष पाण्डेले राम्रो व्यवस्थापन गरी प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउने संस्करणदेखि प्रायोजन रकममा बृद्धि गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष मुलले आगामी संस्करणदेखि पुरस्कार रकम बढाउने वाचा गरे । साताव्यापी प्रतियोगितामा १ सय ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिस्पर्धा भएको ११ वटै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो । जम्मा ५ लाख ८२ हजार ५ सय नगद पुरस्कार वितरण गरिएको थियो । 

Bajaj Pulsar Motorcycle Ad
#प्रदीप र अभिलाषा च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

Bajaj Pulsar Motorcycle Ad
पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

पथरी गोल्डकपको उपाधि सिरहाको सलहेशलाई

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

यु–१४ फुटबल : ग्रीनपिस र युनाइटेड सेमिफाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

टाइब्रेकरमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

नेपाल फाइनलमा

नेपाल फाइनलमा

हैरान्सको जितमा रोशनको २ गोल

हैरान्सको जितमा रोशनको २ गोल

प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा