• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
क्यासिस र थ्रीस्टारसहित चार क्लब सेमिफाइनलमा
मनोज थापा (हिमालयन मनोज)
शुक्रबार, चैत ३०, २०८० मनोज थापा (हिमालयन मनोज)
क्यासिस र थ्रीस्टारसहित चार क्लब सेमिफाइनलमा

गोरखा। क्यासिस स्पोर्ट्स एकेडेमी, नव जनजागृति युवा क्लब, थ्रीस्टार क्लब र काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्र नवौँ ओसन कप यू–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

ओसन क्लब गोरखाको आयोजनामा क्लबको उर्फ मैदान दल भन्ज्याङमा भइरहेको प्रतियोगितामा क्यासिसले पुल ‘बी’ मा शतप्रतिशत जित हासिल गर्दै सिधै सेमिफाइनलमा स्थान बनाएको हो। 

क्यासिसले बुधबार थ्रीस्टार क्लबलाई ३–१ र नव जनजागृति युवा क्लबलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो। 

बिहीबार विराटनगर सिटी फुटबल क्लबलाई ६-१ गोल अन्तरले पराजित गरेको क्यासिसले शुक्रबार पुलको अन्तिम खेलमा हिली फिल्डर्स गोरखा एफसीलाई २-१ गोल अन्तरले पराजित गर्‍यो।

क्यासिसको जितमा सन्दीप अधिकारी र प्रतीक कुँवरले १/१ गोल गरे। हिलीका दीपेश परियारको गोल सान्त्वना रह्यो। 

क्यासिसले पुल ‘बी’मा अपराजित रहँदै १२ अंक जोड्यो। यस्तै, यही पुलमा रहेको नव जनजागृति पनि सेमिफाइनलमा पुगेको छ। बिहीबार थ्रीस्टार क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि आफ्नो पुलमा ४ खेलबाट ६ अंक मात्रै जोड्न सक्यो।

उक्त पुलको उपविजेता बनेको नव जनजागृतिले सेमिफाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता घोडाघोडी फुटबल एकेडेमीसँग प्लेअफ खेल्नु परेको थियो।

प्लेअफमा नव जनजागृतिले घोडाघोडीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो। नव जनजागृतिका सविन तामाङले २ गोल गरे। घोडाघोडीका दीपेन्द्र बिकेको गोल सान्त्वना रह्यो।

घोडाघोडीले पल ‘ए’ को अन्तिम खेलमा वाल्मीकी शिक्षा सदनलाई २-१ गोल अन्तरले पराजित गर्दै उपविजेताको हैसियतमा प्लेअफमा स्थान बनाएको थियो। घोडाघोडीका आर्यन नाथ र दीपेन्द्र बिके १/१ गोल गरेका थिए। वाल्मीकीका प्रणिश लामाले एक गोल फर्काए। घोडाघोडीले पुल ‘ए’ मा ४ खेलमा ७ अंक जोडेको थियो।

यस्तै, काँकडभिट्टाले पुल ‘ए’ को अन्तिम दुई खेलमा शुक्रबार जित हासिल गर्दै विजेताको रूपमा सिधै सेमिफाइनलमा स्थान बनायो।

शुक्रबार भएको पहिलो खेलमा काँकडभिट्टाले समाज कल्याण खेलकुद केन्द्रलाई ६-० गोल अन्तरले पराजित गर्‍यो। काँकडभिट्टाका समीर मगरले २ तथा दिनेश गौतम, सुभम राजवंशी, मिसियो हस्दाले १/१ गोल गरे। समाज कल्याणका ग्रेसन श्रेष्ठले आत्मघाती गोल गरे।

काँकडभिट्टाले पुल ‘ए’ मा वाल्मीकीसँग २-२ गोलको बराबरी खेलेको थियो। अन्यमा भने अपराजित रहेको काँकडभिट्टाले १० अंक जोड्यो। सेमिफाइनलमा थ्रीस्टारले काँकडभिट्टा र नव जनजागृतिले क्यासिससँग खेल्ने छ। 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP