मध्यपुर युथको कारबाही फुकुवा भएको हो र ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विधानविपरित गतिविधि गरे भन्दै मध्यपुर युथ एसोसिएसनलाई फुटबल गतिविधिमा सहभागि नगराउने निर्णय पुस २ गते गरेको थियो । तर, त्यसको एक महिनापछि माघ ८ गते सनेपामा भएको विशेष साधारण सभामा प्रतिनिधि बस्ने टेबलमा मध्यपुरको लागि क्लबको नामै लेखिएको स्थान छुट्याइएको थियो, जसले मध्युपरमाथि गरिएको कारबाहीलाई लिएर प्रश्न तेर्सिएको छ ।
सहिद स्मारक बी डिभिजन क्लब मध्यपुरलाई एन्फा विशेष साधारणसभामा श्रीकुमारी क्लबसँगैको टेबलमा स्थान दिइएको थियो । जबकि एन्फाले ‘विधानविपरित कार्य गरेको कारण थप अनुसन्धान र छानबिन गर्न एन्फा अनुशासन समितिमा पठाउने र त्यस सम्बन्धमा निर्णय नभएसम्मका लागि फुटबल गतिविधिमा मध्यपुरलाई सहभागि नगराउने निर्णय’ गरिसकेको थियो । उक्त निर्णयलाई मान्ने हो भने मध्यपुरले फुटबल खेल्ने मात्रै होइन, एन्फाको कुनैपनि कार्यक्रममा सहभागि हुने हैसियत पनि राख्दैन । त्यसैले विशेष साधारण सभामा मध्युपरको लागि नामै लेखेर दिइएको स्थानको कारण एन्फाले भित्रभित्रै मध्यपुरको कारबाही फिर्ता गरेको चलखेल हो वा आफ्नै निर्णयलाई बेवास्ता गरेको हो भन्ने आशंका सिर्जना गरेको छ ।
राष्ट्रिय टिमका पूर्वकप्तान उपेन्द्रमान सिंह मध्यपुर युथ एसोसिएसनका अध्यक्ष हुन् । एन्फाको निर्वाचनमा उपाध्यक्षमा पराजित भएका उनी अहिले एन्फा संस्थापन पक्षका विरोधी समूहमा सक्रिय छन् । त्यही समूहमा रहेका इन्द्रमान तुलाधर (संकटा क्लब) दुई साताअघि मात्रै समूह परिवर्तन गर्दै एन्फामा प्रमुख कार्यकारी अधिकृतमा जागिरे नियुक्ति लिए।
एउटा तथ्य के पनि हो भने एन्फाको राजनीति कुन बेला यु–टर्न हुन्छ कसैलाई अत्तोपत्तो हुदैन । किनभने मध्युपरलाई कारबाही गरेलगत्तै २१ सदस्यीय एन्फा कार्यसमितिमध्ये बहुमत ११ सदस्यले कारबाही फिर्ता गर्न माग गर्दै एन्फामा ध्यानाकर्षण पत्र बुझाएको थियो । तर, विशेष साधारण सभाअघि त्यही दिन भएको कार्यसमिति बैठकमा ती ११ जनामध्ये कसैले पनि मध्यपुरमाथि गरिएको कारबाही फिर्ता गर्न प्रस्ताव त के एक शब्द कुरा पनि उठाएनन् । त्यसको मतलव सस्तो लोकप्रियताको लागि कारबाही फिर्ताको प्रचारबाजी गरेको देखियो तर निर्णय गर्नसक्ने बैठकमा चुपचाप बसेर कारबाहीमा मौन स्वीकृति गरिदिए ।











-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
