एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १ - ० गोल अन्तरले पराजित गरेको हो ।
क्रिष्टलको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन एन'गोलो कान्टे नायक बने । कान्टेले एक मात्र निर्णायक गोल गरेपछि चेल्सीले साँघुरो जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई ३ अंक दिलाए ।

जितसंगै चेल्सीले २० खेलबाट ४३ अंक जोडेको छ । र, शीर्ष तीन क्लबविरुद्ध अंक दुरी कम गरेको छ । चेल्सी लिगको चौथो स्थानमा छ ।
पराजित क्रिष्टल १९ अंक जोडेको लिगको चौधौं स्थानमा छ ।
