एजेन्सी । नेपोली इटालियन सिरी 'ए' फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई ३ – २ गोल अन्तरले पराजित गर्दै नेपोली लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा नेपोलीलाई जित दिलाउन एरिक मिलिकले २ गोल गरे । यस्तै द्रिएस मेर्टेन्सले एक गोल गरे । बोलोग्नाका फेड्रिको सानटेन्डर र डानिलोले एक एक गोल गरे ।

जितसंगै नेपोलीले १९ खेलबाट ४४ अंक जोडेको छ । र, इन्टर मिलानलाई पछि पार्दै नेपोली दोस्रो स्थानमा उक्लिएको हो । शीर्ष स्थानको युभेन्ट्सको ५३ अंक छ । तेस्रो स्थानको इन्टरको ३९ अंक छ । इन्टरले शनिबार राति इम्पोलीलाई १ – ० ले हराएको थियो ।
इटालियन सिरी 'ए' फुटबल अन्तर्गत शनिबार एसी मिलानले एसपीएएललाई २ – १ ले पराजित गर्दा रोमाले पर्मालाई २ – ० ले हराएको छ । लाजियो भने टोरिनोसंग १ – १ गोलको बराबरीमा रोकिएको छ ।