काठमाडौं । ब्राजिली प्रशिक्षक फेर्नान्डो डिनिजले नेयमार नभएर टिम दबाबमा नरहेको दाबी गरेका छन् ।
विश्वकप छनोट अन्तर्गत कोलम्बिया र अर्जेन्टिनाविरुद्ध खेल्नु अघि ब्राजिली प्रशिक्षकले कुनैपनि खेलाडीले नेयमारको भुमिका निभाउन दबाब महशुश गर्न नहुने धारणा राखेका हुन् ।
३१ वर्षका कप्तान एसीएल जस्तो गम्भिर सल्यक्रियाबाट गुज्रिरहेका छन् । अन्तराष्ट्रिय खेलको दौरान अघिल्लो महिना नेयमारले चोट बोकेका थिए । उनी सन् २०२४ को मध्यसम्म मैदान फर्कने विश्वास गरिएको छ ।
ब्राजिलका सर्वाधिक गोलकर्ताको अनुपस्थितीमा बिहीबार कोलम्बिया र मंगललबार अर्जेन्टिनाविरुद्ध उत्रदै गर्दा प्रतिभाले भरिएको युवा टिममा उनै एक नायकमा भर नपर्ने डिनिजले बताए ।
‘कसैलाई पनि नेयमारको भुमिका सम्हाल्ने विषयलाई लिएर चिन्ता गर्न आवश्यक छैन । हामीसँग निकै प्रतिभावान पुस्ता छ ।’ ब्राजिलका अन्तरिम प्रशिक्षक डिनिजले भने, ‘यो भुमिकालाई धेरै खेलाडीले निभाउन सक्षम छन् । तर यो महत्वपुर्ण छ कि हामी उनीप्रति यो भार धेरै नहालौं ।’
‘खेलाडीले यसलाई हल्का रुपमा लिनुपर्छ र आफ्नो उत्कृष्ट दिनुपर्छ । त्यसले प्राकृतिक रुपमै केन्द्रमा लैजानेछ ।’ उनले थपे ।
डिनिजले बार्सिलोनाका राफिन्हा, रियल मड्रिडका रोड्रिगो र भिनिसियस जुनियर र आर्सनलका ग्याब्रियल मार्टेली र ग्याब्रियल जिसस मध्य कुनैपनि खेलाडी नेयमारको अनुपस्थितीमा चम्किने सक्ने बताए ।
३९ वर्षका प्रशिक्षक डिनिजले भर्खरै फ्लुमिनेन्सबाट कोपा लिबर्टाडोरेस जितेका छन् । उनले पाँच पटकको विश्व च्याम्पियन टिम ब्राजिलमा युवा खेलाडी एन्ड्रिकलाई पहिलो पटक बोलाएका छन् ।
‘एन्ड्रिक आफ्नो योग्यता र अपार सम्भावनाका कारण यहाँ छन् । हामीलाई १७ वर्षका एन्ड्रिकबाट हरेक चिजको अपेक्षा गर्न हुदैन ।’ डिनिजले भने ।
‘मैले उनीमा अपार सम्भावना देखेको छु । उनी ब्राजिली फुटबलमा एउटा लिगेशी कायम राख्न सक्छन् । तर समयले धेरै कुरा बोल्नेछ ।’ एन्ड्रिकको विषयमा प्रशिक्षकले भने ।
एन्ड्रिक सन् २०२४ को जुलाईमा स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध हुदैछन् ।
ब्राजिल विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ७ अंक सहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको उरुग्वको समेत ७ अंक छ । अर्जेन्टिना १२ अंक सहित शीर्ष स्थानमा छ ।