काठमाडौं । चेल्सीका फरवार्ड कोल पामर पहिलो पटक इङ्ल्याण्डको राष्ट्रिय टिममा परेका छन् । पामर सहित एन्जरी कोन्सा र रिको लुईस पहिलो पटक इङ्ल्याण्डको राष्ट्रिय टिममा परेका हुन् ।
युरो छनोटको खेललाई ध्यानमा राखेर तीन खेलाडीलाई राष्ट्रिय टिममा स्थान दिईएको छ । चोट बोकेका जेम्स मेडिसन सहित केलम विल्सन र लुइस डंकलाई टिम बाहिर राखिएको छ ।
चेल्सीका पामर र सिटीका डिफेन्डर लुईसलाई इङ्ल्याण्डको अन्डर–२१ टिमबाट ग्यारेथ साउथगेटले सिनियर टिममा पदोन्नती गरेका छन् ।
इङ्ल्याण्डले नोभेम्बर १७ मा माल्टा र नोभेम्बर २० मा नर्थ मासेडोनियासँग युरो छनोटको बाँकी खेल खेल्दैछ ।
रियल मड्रिडका फरवार्ड जुड बेलिङघम काँधको चोटका कारण सिनियर टिममा समावेश हुने सम्भावना कम छ ।
पामरले इङ्ल्याण्डको यू–२१ टिमबाट युरोपियन च्याम्पियनसिप जितेका थिए । उनले यस सिजन चेल्सीबाट उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । उनी म्यानचेस्टर सिटीबाट यसै सिजन चेल्सीमा गएका हुन् । उनकै पेनाल्टी गोलमा आईतबार चेल्सीले म्यानचेस्टर सिटीसँग ४–४ गोलको बराबरी खेलेको थियो ।
लुईस गत सिजन सिटीले ट्रेबल उपाधि जित्दाका सारथी हुन् ।
इङ्ल्याण्ड यसअघिनै युरो कपमा छनोट भैसकेको छ । अक्टोबरमा इटालीलाई ३–१ ले हराउँदै इङ्ल्याण्डले अर्को वर्ष जर्मनीमा हुने प्रतियोगितामा आफुलाई छनोट गराईसकेको छ ।