काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आर्सनल भन्दा चेल्सी उत्कृष्ट टिम रहेको बताएका छन् ।
आईतबार सिटीले चेल्सीसँग ४–४ गोलको बराबरी खेलेपछि ग्वार्डिओलाको भनाई बाहिर आएको हो ।
चेल्सीले स्टामफोर्ड ब्रिजमा कोल पाल्मरको पेनाल्टी गोलमा म्यानचेस्टर सिटीलाई ४–४ गोलको बराबरीमा रोकेको थियो । लण्डनबाट तीन अंक लिएर फर्कन नपाउँदा ग्वार्डिओला दुखी छैनन्, उनले मौरिसियो पोचिटिनाको टिमको प्रर्दशनको प्रशंसा गरेका छन् ।
अझ उनले चेल्सी क्लब आर्सनल भन्दा उत्कृष्ट देखिएको प्रतिक्रिया दिएका छन् ।
पोचिटिनाको चेल्सी लिग तालिकाको १० औं स्थानमा रहेको छ । यस समय चेल्सी लिगका शीर्ष तीन क्लबसँग अपराजित रहेको छ ।
सिटीसँग ४–४ गोलको बराबरी खेलेको चेल्सीले लण्डन डर्बीमा आर्सनलसँग २–२ गोलको बराबरी खेलेको थियो । चेल्सीले शीर्ष स्थानको दौडमा देखिएको टोटेनहमलाई ४–१ ले हराएको पनि थियो ।
‘उनीहरु साँच्चिकै राम्रो टिम हुन्, त्यसमा कुनै दुईमत छैन । उनीहरु आर्सनल भन्दा धेरै राम्रो थिए, अन्तिममा उनीहरुले बराबरीपनि खेले । त्यसैले तपाई जान्नु हुन्छ, यो चेल्सी हो । यो टाढा जाने छैन । मलाई सधै यही सोच्न पर्छ कि राम्रो हुनका लागि के गर्न सकिन्छ । यस्तो पनि हुदैन, हामी यहाँ आउ अनि ७–० ले जितौं । उनीहरु पुनर्निर्माणको कोशिश गरिरहेका छन् । हामीलाई कुनै शंका छैन ।’ चेल्सीको बारेमा ग्वार्डिओलाले भनेका छन् ।
‘आर्सनलसँग हारेपछि हामी शीर्ष स्थानमा पुग्नेछौं । अर्को खेल अझ कठिन हुनेछ ।’ उनले थपे । प्रिमियर लिगमा अन्तराष्ट्रिय ब्रेक अघि सिटीले लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ ।