काठमाडौं । प्रिमियर लिगमा आइतबार चेल्सीले आफ्नो घर स्ट्यामफोर्ड ब्रिजमा ट्रेबल विजेता म्यानचेस्टर सिटीलाई स्वागत गर्दैछ । यो खेल राति सवा १० बजे सुरु हुनेछ ।
आर्सनलविरुद्धको खेल गुमाएदेखि सिटीले आफ्नो लगातार खेलहरु जितिरहेको छ र तालिकाको शीर्ष स्थानमा छ।
चेल्सीले स्पर्सलाई हराएर आएको छ। चेल्सीका निकोलस ज्याक्सनले सम्भवतः सबैभन्दा खराब प्रिमियर लिग ह्याट्रिक गरे तर यो अझै पनि ह्याट्रिक हो र यसले उनको आत्मविश्वासलाई अलिकति बढाउन सक्छ।
चेल्सीको बाँकी टोलीमा पनि त्यो जितको प्रभावको बारेमा पनि यही भन्न सकिन्छ। उनीहरूले यो कसरी गरे भन्ने कुराले फरक पार्दैन, उनीहरूले स्पर्सलाई जितेका थिए जबकि कसैलाई यस्तो होला भन्ने लागेको थिएन।
यो नतिजा वास्तवमा चेल्सीले के गर्न खोजेको भन्दा पनि सिटीले कसरी खेल्छ भन्नेमा भर पर्छ। पेप गार्डियोलाको टिममा केही खेलाडी चोटसँग जुधिरहेका छन्। तर त्यसले धेरै फरक परेको छैन। उनीहरुको टोली निकै बलियो छ । तर रोड्रीले यस अघिको खेलमा पहेलो कार्ड खाएको हुदा यस खेलमा उनि खेल्छन् वा खेल्दैनन् सन्देह छ।
ग्वार्डिओलालाई जेरेमी डोकु वा ज्याक ग्रेलिसमा कसलाई रोज्ने भन्ने समस्या छ। किनभने डोकुले धेरै राम्रो खेलिरहेका छन् र ग्रिलिशले पनि।
जसले खेले पनि सिटी अथक छ । उसले त गोल गर्नेछ त्यो तय छ, प्रश्न केवल चेल्सीले गोल गर्छ कि गर्दैन भन्ने मात्र हो।
चेल्सीले सन् २०२१ को च्याम्पियन्स लिग फाइनलदेखि सिटीलाई जित्न सकेको छैन र इतिहाद क्लबविरुद्ध एक गोल गर्न पनि सकेको छैन।