सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

वीर गणेशमान टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन

शनिबार, कार्तिक २५, २०८०खेलपाटी संवाददाता
वीर गणेशमान टेनिस : प्रदीप र अभिलाषा च्याम्पियन
Classic Tech Internet Ad

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्स उपाधि जितेका छन् ।

पुरुषमा प्रदीप र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् ।

शनिबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले ऋतिक राणालाई ७–५, ४–६ र ६–३ को सेटमा पराजित गरे ।

महिलाको उपाधि भिडन्तमा अभिलाषाले प्रकृति श्रेष्ठलाई ६–० र ६–० ले सहजै हराइन् ।

पुरुष महिला दुवैमा पहिलो हुनेले १ लाख तथा दोश्रोले ५० हजारका दरले नगद पुरस्कार हात पारे । प्रदीप र अभिलाषाले प्रतियोगितामा दोहोरो स्वर्ण जिते । दुवैले डबल्समा पनि स्वर्ण जिते ।

प्रदीपले निहालजंगबहादुर थापा तथा अभिलाषाले माहिका राणासंग मिलेर स्वर्ण हात पारेका हुन् । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार पहिलो भए । उनले फाइनलमा कमलबहादुर भण्डारीको चुनौती ६–२, १–६ र १०–८ ले पन्छाए । जितेन्द्रले ५० हजार तथा कमलले २५ हजार नगद पुरस्कार पाए ।

वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिता सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

यसअघि भेट्रान ३५ वर्षमाथि पुरुष डबलसमा सुभाष बस्नेत र सन्तोष खत्री, ४५ वर्षमाथि पुरुष सिंगल्समा महेश श्रेष्ठ, ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार र यज्ञबहादुर भण्डारी, ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र जीवन घिमिरे तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए ।

जुनियरमा शिभाली गुरुङ, विश्वविशेष डल्लाकोटी, सरा पन्त र वृजेश अर्यालले पनि दोहोरे स्वर्ण जित्न सफल भए ।

शिभालीले यु–१२ र यु–१४ गल्स सिंगल्समा स्वर्ण जितिन् । विश्वले यु–१० र यु–१२ ब्वाइज सिंगल्सको फाइनलमा बाजी मारे । सरा यु–९ र यु–१० गल्स सिंगल्समा अब्बल बनिन् ।

यु–१४ ब्वाइज सिंगल्समा स्वर्ण जितेका वृजेशले डबल्समा साश्वत वज्राचार्यसंग मिलेर पहिलो बने । त्यस्तै यु–८ सिंगल्सको ब्वाइजमा भिरल अग्रवाल र गल्र्समा निम्ति कुँवर, यु–९ ब्वाइज सिंगल्समा निश्चल ज्ञवाली तथा गल्स डबल्समा स्वस्तिका विष्ट र मेरिशा थापाले शीर्ष स्थान हात पारे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतियोगिता संयोजक भाष्करमान सिंह, नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, तार्केश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जन, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुल, आयोजक कमिटीका अध्यक्ष सन्जिव तुलाधरलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए ।

आठ दिन सम्म चलेको प्रतियोगितामा करिब २ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरमा बाहेक सबै स्पर्धमा नगद पुरस्कारको व्यवस्था थियो । जम्मा ९ लाख ४ हजार ३ सय ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो । जुनियरका पदक विजेतालाई भने गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Bajaj Pulsar Motorcycle Ad
#प्रदीप र अभिलाषा च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

खेलाडीले खेल्न कोर्ट बुकिङ गरेर पैसा बुझाउनुपर्ने !

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

३८ वर्षको उमेरमा जोकोभिचको नयाँ कीर्तिमान 

युरोप टूरमा चम्किएकी सिभाली 

युरोप टूरमा चम्किएकी सिभाली 

Bajaj Pulsar Motorcycle Ad
८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित