सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

थप बलिया बने नेम्वाङ्ग

बिहिबार, २३ कार्तिक २०८०खेलपाटी संवाददाता
थप बलिया बने नेम्वाङ्ग
Classic Tech Internet Ad

काठमाडौं । ४९ जना सदस्यको अविश्वासको तरबार बोकेर हेटौडा पुगेर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग फुटबलको राजनीतिमा थप बलियो बनेका छन् । करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् । 

बिहीबार हेटौडामा अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले ८७ मध्य ५२ भोट प्राप्त गरेका छन् । जुन झण्डै एक तिहाईको नजिक हो । एक वर्ष अघिको एन्फाको केन्द्रिय चुनावमा नेम्वाङ्गले ४५ मत पाएका थिए । नेम्वाङ्गले प्राप्त गरेको मतमा नेम्वाङ्गसँग आफ्नो सानो समूह, गणेश थापाको समूह, कर्माछिरिङ्ग शेर्पा विरोधी समूहको मतको जोड थियो । 

तर एक वर्षपछि अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले सबै समूहलाई बाहिर राख्दै एक्लै ५२ मत प्राप्त गरेका छन् । उनले एन्फा राजनीतिमा ‘अस्थिर’ खेलाडीको परिचय बनाएका इन्द्रमान तुलाधर समूहलाई आफुसँग मिसाएका छन् । भलै अविश्वासको प्रस्तावमाथि तुलाधरले मतदान गरेनन् । तर तुलाधरको समूहका रहेका अन्य सदस्यले भने नेम्वाङ्गको पक्षमा मत दिएका थिए । 

विशेष साधारण सभाको चुनावी समिकरणलाई कायम राख्न सकेको खण्डमा हेटौडा अधिवेशनले पंकज फुटबल राजनीतिमा थप बलियो बन्ने देखाएको छ । कार्यसमिति र साधारण सभामा झण्डै झण्डै अल्पमतमा देखिदै आएका पंकजलाई हेटौडा अधिवेशनले आरामदायी बहुमत दिएको छ । उनले अब आफ्नो कार्यक्रम र बजेट सहजै साधारण सभाबाट पारित गराएर फुटबल चलाउन सक्नेछन् । 

विवादको सुरुआत भने अडिटर नियुक्तिमा अध्यक्ष नेम्वाङ्गले झेल गर्न खोजेपछि भएको थियो । अध्यक्षमा नेम्वाङ्ग देखिएपनि फुटबल संघको निर्णय प्रक्रियामा महासचिव किरण राई जबर्जस्त हाबी छन् । सुशासन, पारदर्शीता र सामुहिक नेतृत्वको नारा भजाउँदै नेतृत्वमा आएका नेम्वाङ्गले एन्फा सञ्चालनमा आफ्नै नाराको ‘कत्लेआम’ गरेपछि संस्थापन इतर पक्ष मुर्मुरिएको अवस्थामा थियो । त्यसमा ध्यु थप्ने काम अडिटर नियुक्तिले गर्यो । हल्ला–खल्ला बढी हुने, उस्तै परे पारितै नहुने अवस्थामा अडिटर नियुक्ति जुम बैठकबाट टालटुले निर्णय गराउन खोजेपछि इतर पक्षले अध्यक्ष र महासचिवलाईनै अविश्वासको प्रस्ताव ठोकेर ‘सेखी’ झार्न खाजेको थियो ।

अविश्वासको प्रस्ताव अध्यक्ष हटाउने भन्दापनि नेतृत्वको सेखी ‘झार्ने’ र एन्फाको निर्णय प्रक्रियामा हाबी देखिएका महासचिवलाई हटाउने कोणबाट दर्ता गरेको थियो । तर एन्फा चलाउन महासचिव राईलाई एउटा बैशाखी बनाएका नेम्वाङ्गले महासचिवको प्रस्तावलाई थाती राख्दै एक्लै अविश्वासको प्रस्ताव ‘फेस’ गर्ने निर्णयमा पुगे । सोही अनुसार हेटौडमा कात्तिक २३ अर्थात बिहीबार मतदानका लागि विशेष साधारण सभाको बैठक राखे । 

सत्तामा आफु र आफ्नो हातमा शक्ति भएपनि कुनै पनि हालतमा अविश्वासको प्रस्ताव फेल गराउन सकिनेमा संस्थापन पक्ष ढुक्क थियो । ‘लोभी–बेमान’ले भरिएको फुटबल संघमा दुई तिहाईको मत जुटाउन नसकिनेमा इतर समूह समेत प्रस्ट थियो । दुवै पक्ष हेटौडामा तमासा गरेर आफ्नो शक्तिको परिक्षण गर्न चाहन्थे । सोही अनुसार हेटौडामा अविश्वासको प्रस्तावमाथि मतदान भयो । आफ्नो एजेण्डा राख्ने फोरम नपाएपछि इतर पक्षले निर्वाचन बहिष्कार गर्यो । निर्वाचन जितेदेखि पेलेरै फुटबल संघ चलाईरहेका नेम्वाङ्गले आफ्नो कुरा राखेर विशेष साधारण सभालाई सिधै शक्ति परिक्षणमा लगे । 

नेम्वाङ्गमाथि अविश्वास देखाएका ४९ जनाको समूहनै बिहीबारसम्म एक ठाउँमा देखिएन । इतर पक्षमा ३४ जनाले बैठक वहिष्कार गरे, ती सबै पूर्व अध्यक्ष शेर्पा पक्षका थिए । नेम्वाङ्ग पक्षका ५३ जना निर्वाचनमा भाग लिए, जसमा ५२ मत सदर भएको छ । 

एन्फाको विशेष साधारण सभाले एन्फाभित्रको शक्ति संघर्ष र शक्ति फेरबदलको धेरै खिस्साहरु बोल्छ, जसको विश्लेषण विस्तारै हुनेछ । तर अविश्वासको तरबार बोकेर हेटौडा पुगेका नेम्वाङ्ग भने थप बलियो बनेर सातदोबाटो एन्फा हेडक्वार्टर फर्कने निश्चित भएको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#थप बलिया बने नेम्वाङ्ग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

ली–निङ बास्केटबल प्रतियोगिता सोमबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

कोशी प्राइड लिग फागुन ९ देखि

कोशी प्राइड लिग फागुन ९ देखि

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक

टेस्ट क्रिकेट इतिहासमा एउटै टोलीका दुई ओपनरको दुवै इनिङ्समा शतक