काठमाडौं । ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्रयू गिलानलाई अनुबन्धन गरेको छ ।
एसियाली क्लब फुटबलमा लामो समयदेखि काम गरिरहेका गिलानलाई ललितपुर सिटी एफसीले नयाँ सिजनको प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।
गिलानले पछिल्लो समय इन्डोनेसियाको शीर्ष डिभिजनको क्लब पिसिस सेमरंगमा मुख्य प्रशिक्षक र टेक्निकल डिरेक्टरको रुपमा काम गरेका थिए । गिलानले इन्डोनेसिया अघि मलेसिया, फिलिपिन्स लगायतका देशको शीर्ष डिभिजनको क्लबमा मुख्य प्रशिक्षक र टेक्निकल डिरेक्टरको रुपमा काम गरेको अनुभव छ ।
सन् २०१० मा अष्ट्रेलियन क्लबबाट प्रशिक्षण करियर सुरु गरेका उनले इङ्ल्याण्डलको दोस्रो डिभिजनको लिगका विभिन्न क्लबमा स्टाउटिङको रुपमा काम गरेको अनुभव छ ।
ललितपुर सिटी एफसीले दोस्रो संस्करणको प्रतियोगिताका लागि अनन्त तामाङलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गरिसकेको छ ।