काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता काठमाडौं रेजर्सले मार्की खेलाडीको रुपमा हिसब थपलियालाई अनुबन्ध गरेको छ ।
रेजर्सले शुक्रबार बिज्ञप्ति जारी गर्दै हिसबलाई मार्की खेलाडीको रुममा अनुबन्ध गरिएको जानकारी दिएको छ ।
सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल क्लबबाट गरेको प्रर्दशनका आधारमा हिसबलाई मार्की छनोट गरिएको रेजर्सले जनाएको छ ।
गत वर्ष जावलाखेल युथ क्लबलाई ए डिभिजन लिगमा उत्कृष्ट नतिजा दिलाउन हिसबले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
लिगको प्रर्दशनको आधारमा हिसबले राष्ट्रिय फुटबल टिमसम्म स्थान बनाएका थिए । राष्ट्रिय फुटबल टिमका नयाँ अनुहारलाई अघि राखेर साविक विजेता रेजर्सले दोस्रो सिजनको तयारी थालेको छ ।
खेलाडीको प्रर्दशनको आधारमा मार्की खेलाडी छनोट गरिएको रेजर्सको टिम ब्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिएका छन् ।
